काठमाडौं । गरिमा विकास बैंकले आफ्नो स्थापनाको १२औं बर्ष पूरा गरी १३औं बर्षमा प्रवेश गरेको अवसरमा देशका विभिन्न ११ स्थानमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।
विकास बैंकले केन्द्रीय कार्यालय लाजिम्पाट, शाखा कार्यालयहरु स्याङ्गजाको वालिङ्ग, रुपन्देहीको बुटवल, म्याग्दीको वेनी, चितवनको नारायणगढ, झापाको विर्तामोड र दमक, सुनसरीको धरान, सुर्खेतको वीरेन्द्रनगर, कैलालीको धनगढी र कञ्चनपुरको महेन्द्रनगरमा बृहत रक्तदान कार्यक्रम सम्पन्न गरेको हो ।
उक्त रक्तदान कार्यक्रमबाट ५०० युनिटभन्दा बढी रगत संकलन भएको छ । विकास बैंकले आफ्नो बार्षिकोत्सवको अवसरमा प्रत्येक बर्ष विभिन्न सामाजिक उत्तरदायित्वमुलक कार्यक्रमहरु सम्पन्न गर्दै आएको छ ।
SHARE YOUR THOUGHTS