‘लक्ष्मी बैंक खुल्ला गल्फ प्रतियोगिता–२०१९’ आयोजना हुने « Eglish Khabarhub

‘लक्ष्मी बैंक खुल्ला गल्फ प्रतियोगिता–२०१९’ आयोजना हुने




काठमाडौं । लक्ष्मी बैंकले ग्लेनिगलमा डिजाइन गरीएको गोकर्ण गोल्फ क्लबमा “लक्ष्मी बैंक खुल्ला गल्फ २०१९” आयोजना गर्ने भएको छ ।

यो प्रतियोगिता स्ट्यान्डफोर्ड फम्र्याटमा ३÷४ ह्यान्डिक्यापमा खेलिनेछ । १०० भन्दा बढी खेलाडीहरु सहभागी हुने यस खेलमा पुरुष, महिला, जेष्ठ नागरिक ६० वर्षभन्दा बढी उमेरका व्यक्ति तथा १७ वर्षभन्दा कम उमेर समूहहरुमा उपाधि प्रदान गरिने बैंकले जनाएको छ ।

पुरस्कार मुख्य विजेता, रनर अप, वेस्ट ग्रस, महिला विजेता, जेष्ठ नागरिक विजेता (६० तथा सोभन्दा माथि) सिनियर रनर अप, विनर गेष्ट समूह, जुनियर विजेता, लङ्गेस्ट ड्राइभ, क्लोजेस्ट टु पिन तथा मोस्ट ब्राइड्स जस्ता समूहमा प्रदान गरिनेछ ।

त्यसैगरी, १०औं होलमा होल(इन(वन बनाउने खेलाडीहरुलाई ह्युन्डाई कोना गाडी प्रदान गरिने छ ।

Publish on: