महालक्ष्मी विकास बैंकले ऋण प्रक्रिया डिजिटाइज र स्वचालित गर्ने « Eglish Khabarhub

महालक्ष्मी विकास बैंकले ऋण प्रक्रिया डिजिटाइज र स्वचालित गर्ने




काठमाडौं । महालक्ष्मी विकास बैंकले लोन म्यानेजमेन्ट सिस्टम सफ्टवेयरमार्फत आन्तरिक ऋण प्रक्रियालाई डिजिटाइज र स्वचालित गर्न एसबी सोलुसन्ससँग सम्झौता गरेको छ ।
विकास बैंकका जनरल सर्भिस डिपार्टमेन्ट प्रमुख रघुनाथ कोइराला र एसबी सोलुसन्सका प्रमुख बिपुल ढकालले सो सम्झौतामा हस्ताक्षर गरेका छन् ।
लोन म्यानेजमेन्ट सिस्टम मार्फत् बैंकले इन्टर्नल लोन र लोन फाइलको स्वीकृति प्रक्रियालाई अटोमेट र डिजिटाइज गर्न सक्नेछ । यसबाट बैंकलाई ग्राहकको लोन फाइलसम्बन्धी कामको अप्रुभ र विश्लेषण गर्न प्रत्यक्ष फाइदा पुग्नेछ । बैंकले चाँडै नै अनलाइन लोन इलिजिबिलिटी सर्भिस समेत सुरुवात गर्ने जानकारी दिएको छ । यसबाट ग्राहकले अनालइनबाटै ऋणका लागि आवेदन दिन सक्नेछन् ।
नेपाल राष्ट्रबैंकबाट ‘ख’ वर्गको वित्तीय संस्थाको इजाजत पाएको महालक्ष्मी विकास बैंकले आफूलाई बलियो र विश्वसनीय विकास बैंकको रुपमा स्थापित गरेको छ । यो बैंकका देशभर एक सयभन्दा बढी शाखाहरु रहेका छन् ।

Publish on: