काठमाडौं । महालक्ष्मी विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकको सुर्खेत शाखाल विरेन्द्रनगर नगरपालिका –३ मा अवस्थित श्री हरि डिल भूमि माध्यामिक विद्यालयमा पानी प्रशोधन उपकरण जडान गरेको छ । बर्षातका समयमा महामारीका रुपमा देखिने ज्वरो, टाइफाइड जस्ता समस्याबाट विद्यार्थीहरुलाई जोगाउनका लागि बैंकले विद्यालयमा उक्त उपकरण जडान गरेको हो ।
त्यसैगरी, आइतबार नै बैंकको पालुङ शाखाले बज्रबाराही माध्यामिक विद्यालयमा वित्तीय साक्षरता कार्यव्रmम सञ्चालन गरेको छ । शाखाले विद्यार्थीहरुलाई बचत गर्नका लागि उत्प्रेरित गर्ने उद्देश्यले विद्यालयका १०+२ मा अध्यनरत विद्यार्थीहरुलाई निक्षेप, रकम भुक्तानी, कर्जा, एटिएम कार्ड, मोवाईल बैंकिङ, विप्रेषण, ईसिसि, आईपिएस, बीमा लगायत अन्य बैंकिङ्ग सेवाबारे साक्षर गराएको हो ।
बैंकले आगामी दिनहरुमा पनि संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत अभैm प्रभावकारी कार्यक्रमहरु गर्दै जाने प्रतिबद्धता जनाएको छ ।
SHARE YOUR THOUGHTS