काठमाडौं । लक्ष्मी बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ९ करोड ८९ लाख रुपैयाँले नाफामा वृद्धि गरेको छ ।
गत आर्थिक वर्षको पहिलो त्रैमासमा ३० करोड ३० लाख १७ हजार रुपैयाँ नाफा कमाएको बैकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा नाफामा वृद्धि गरी ४० करोड १९ लाख ४६ हजार रुपैयाँ नाफा आर्जन गरेको हो ।
बैंकले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार असोज मसान्तसम्म बैंकले ८२ अर्ब २० करोड ५७ लाख निक्षेप संकलन गरी ७८ अर्ब १९ करोड ८४ लाख रुपैयाँ कर्जा लगानी गरेको छ ।
गत आर्थिक वर्षको साही अवधिमा बैंकले ८० अर्ब ३२ करोड रुपैयाँ निक्षेप संकलन गरी ७४ अर्ब ६१ करोड रुपैयाँ कर्जा लगानी गरेको थियो । गत आर्थिक वर्षको तुलनामा बैंकले निक्षेप संकलन १ अर्ब ८८ करोड रुपैयाँले बढाउँदा कर्जा प्रवाह भने ३ अर्ब ५८ करोड २५ लाख रुपैयाँ बढी विस्तार गरेको हो ।
त्यस्तै, गत आर्थिक वर्षको पहिलो त्रैमासमा ७४ करोड व्याज आम्दानी गरेको बैंकले १२ करोड ५७ लाख रुपैयाँले व्याज आम्दानी वृद्धि गरी चालु आर्थिक वर्षको सोही अवधिमा ८६ करोड ५७ लाख रुपैयाँ खुद व्याज आम्दानी गरेको हो ।
बैंकको वितरण योग्य नाफा १९ करोड ९० लाख ६७ हजार रुपैयाँ छ । हाल ८ अर्ब ९२ करोड चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा २ अर्ब २४ करोड २६ लाख रुपैयाँ छ ।
साथै असोज मसान्तसम्म बैंकको स्प्रेड दर ४.३३ प्रतिशत रहेको बैंकको खराब कर्जा १.०४ प्रतिशत, कष्ट अफ फण्ड ७.१९ प्रतिशत, बेसरेट १०.२४ प्रतिशत छ । बैंकको प्रतिसेयर आम्दानी १८.०२ रुपैयाँ छ भने प्रतिसेयर नेटवर्थ १४५.९४ रुपैयाँ छ ।]
SHARE YOUR THOUGHTS