काठमाडौं । कृषि विकास बैंकको नाफा १०.१३ प्रतिशतले बढेको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासका ५५ करोड १४ लाख ६१ हजार रुपैयाँ नाफा गरेको बैंकले चालु आर्थिक वर्षको सोही अवधिमा नाफा ५ करोड ५८ लाख ८१ हजार रुपैयाँ बढाउँदै ६० करोड ७३ लाख ४३ हजार रुपैयाँ नाफा आर्जन गरेको हो ।
बैंकले प्रकाशित गरेको वित्तीय विवरणअनुसार चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १ खर्ब २३ अर्ब ५४ करोड ६७ लाख रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ११ अर्ब ४६ करोड ५७ लाख रुपैयाँ कर्जा लगानी गरेको छ ।
बैंकले गत आर्थिक वर्षको तुलनामा निक्षेप संकलन ३.१५ प्रतिशतले बढाउँदा कर्जा लगानी ०.६० प्रतिशतले बढाएको हो । गत आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकले १ खर्ब १९ अर्ब ७६ करोड ३४ लाख रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब १० अर्ब ७९ करोड ७१ लाख रुपैयाँ कर्जा लगानी गरेको थियो ।
बैंकको खुद व्याज आम्दानी भने ८.३३ घटेको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासमा १ अर्ब ८१ करोड ६६ लाख रुपैयाँ खुद व्याज आम्दानी गरेको बैंकले १५ करोड १४ लाख रुपैयाँ खुद व्याज आम्दानी घटाउँदै चालु आर्थिक वर्षको सोही अवधिमा १ अर्ब ६६ करोड ५१ लाख रुपैयाँ मात्र व्याज आम्दानी गरेको हो ।
बैंकको वितरणयोग्य नाफा भने २६ करोड १७ लाख ९५ हजार रुपैयाँ छ ।
यस्तै असोज मसान्तसम्म बैंकको खराब कर्जा अनुपात ३.७० प्रतिशत, कष्ट अफ फण्ड ७.३४ प्रतिशत, वेसरेट १०.१८ प्रतिशत, स्प्रेडदर ५.२६ प्रतिशत र सीसीडी रेसीयो ७१.४२ प्रतिशत छ । साथै प्रतिसेयर आम्दानी २३ रुपैयाँ ३३ पैसा, प्रतिसेयर मूल्य २६३ रुपैयाँ ६५ पैसा छ ।
SHARE YOUR THOUGHTS