ज्योति विकास बैंक र युनाइटेड रेमिटबीच सम्झौता « Eglish Khabarhub

ज्योति विकास बैंक र युनाइटेड रेमिटबीच सम्झौता



काठमाडौं । ज्योति विकास बैंकले रेमिट सेवा अझ सहज र विस्तारित गर्ने क्रममा युनाइटेड रेमिटसगं रेमिट सेवाको लागि सम्झौता गरेको छ।
ज्योति विकास बैंक र युनाइटेड रेमिटबीच आज उक्त सहकार्य सम्झौता भएको हो ।

सम्झौता पत्रमा ज्योति विकास बैंकका तर्फबाट बैंकका नायब महाप्रबन्धक सुशील कुमार शर्मा तथा युनाइटेड रेमिटको तर्फबाट युनाइटेड रेमिटका सहायक महाप्रबन्धक प्रविन अधिकारीले हस्ताक्षर गरेका छन् ।

चौधरी ग्रुपद्वारा प्रवर्धित युनाइटेड रेमिटले साउदि अरब लगायत अन्य मुलुकहरुबाट गुणस्तरिय रेमिट सेवा प्रदान गर्दै आएको छ।

यस सम्झौता पश्चात युनाइटेड रेमिटको रेमिट सेवा ज्योति विकास बैंकको जुनै पनि शाखा कार्यालयबाट लिन सकिनेछ। ज्योति विकास बैंकको मुलुकभर रहेका १०२ वटा शाखाबाट युनाइटेड रेमिटको देश, विदेशबाट हुने रेमिट सेवा उपलब्ध हुनेछ।

Publish on: