काठमाडौं । निजामती कर्मचारीको ५८ वर्षमा हुँदै आएको अवकास अब भने ६० वर्षमा हुने भएको छ ।
बिहिबार बसेको संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकले उक्त निर्णय गरेको हो । नयाँ बन्ने निजामति सेवा ऐनमा नै उमेरहद ६० वर्ष राख्ने निर्णय गरिएको छ ।
लोक सेवा आयोगका अध्यक्ष उमेशप्रसाद मैनालीको संयोजकत्वको समितिले गरेको सिफारिस अनुसार उक्त निर्णय गरिएको हो । उक्त समितिले नेपालीहरूको औसत आयु बढेको भन्दै कर्मचारीको उमेरहद पनि बढाउन सिफारिस गरेको थियो ।
SHARE YOUR THOUGHTS