काठमाडौं । सेञ्चुरी बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ३७ करोड ८ लाख १५ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । जुन गत आवको सोहि अवधिको तुलनामा ३५.३३ प्रतिशतले बढी हो । गत आवको सोहि अवधिमा बैंकको नाफा २७ करोड ४० लाख २ हजार रुपैयाँ रहेको थियो ।
यो अवधिमा बैंकको वितरणयोग्य नाफा १८ करोड ७ लाख ९९ हजार रुपैयाँ रहेको छ । यो अवधिमा बैंकको नाफा सँगै खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा पनि बढेको छ । बैंकको खुद ब्याज आम्दानी ७० करोड १ लाख २१ हजार रुपैयाँबाट बढेर ७८ करोड ४ लाख ६४ हजार रुपैयाँमा पुगेको छ । यस्तै बैंकको सञ्चालन मुनाफा पनि ३९ करोड १२ लाख ८४ हजार रुपैयाँबाट बढेर ५२ करोड ११ लाख ८९ हजार रुपैयाँ पुगेको छ ।
८ अर्ब ४१ करोड ५४ लाख ७२ हजार रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा १ अर्ब २८ करोड ६० लाख ४४ हजार रुपैयाँ रहेको छ । ६१ अर्ब २४ करोड ९१ लाख ६० हजार रुपैयाँ निक्षेप संकलन गरेको बैंकले ५८ अर्ब ५४ करोड ९२ लाख ६० हजार रुपैयाँ कर्जा लगानी गरेको छ ।
यो अवधिमा बैंकको खराब कर्जा भने निकै बढेको छ । गत आवको पहिलो त्रैमासमा ०.८२ प्रतिशत रहेको खराब कर्जा अहिले २.४७ प्रतिशत रहेको छ । १७ रुपैयाँ ६३ पैसा प्रतिसेयर आम्दानी रहेको बैंकको प्रतिसेयर नेटवर्थ १२१ रुपैयाँ २९ पैसा रहेको छ ।
SHARE YOUR THOUGHTS