तिनाउ मिसन र नेपाल कम्युनिटी डेभलपमेण्ट बैंकको एकिकृत कारोबार शुरु « Eglish Khabarhub

तिनाउ मिसन र नेपाल कम्युनिटी डेभलपमेण्ट बैंकको एकिकृत कारोबार शुरु



काठमाडौं । तिनाउ मिसन डेभलपमेण्ट बैंकले नेपाल कम्यूनिटी डेभलपमेण्ट बैंकलाई प्राप्ती गरी २०७६ मंसिर २२ गते देखी एकिकृत कारोबारको सुरु गरेको छ ।

यसअघि तिनाउ विकास बैंक र मिसन डेभलपमेन्ट बैंकबीच २०७६ असार ३१ गते देखी मर्ज भई तिनाउ मिसन डेभलपमेण्ट बैंकको नामबाट कारोवारको शुरुवात गरेको थियो ।

एकै क्षेत्रका विकास बैंकहरु मिलेर राष्ट्रिय स्तरको विकास बैंक बन्ने लक्ष्य रहेको जनाइएको छ । मर्जरपछि बैंकको चुक्ता पुँजी १ अर्ब ६७ करोड रुपैयाँ, निक्षेप संकलन १४ अर्ब १४ करोड, कर्जा लगानी १२ अर्ब ६७ करोड र बैंकका शाखा कार्यालयहरुको संख्या ६२ वटा पुगेको छ ।

तिनाउ मिसन डेभलपमेण्ट बैंकका अध्यक्षमा टिकाराम घिमिरे, प्रमुख कार्यकारी अधिकृतमा प्रदिप कुमार श्रेष्ठ र नायव प्रमुख कार्यकारी अधिकृतमा हरि प्रसाद घिमिरे रहनेछन् ।

राष्ट्रिय स्तरको विकास बैंक बन्ने तयारीमा रहेको बैंकले तोकिएको चुक्ता पुँजी पुर्याउनलाई हकप्रद सेयर जारी गर्ने तथा आवश्यक परेमा अन्य वित्तीय संस्थासंग मर्जर वा प्राप्तीको विकल्प खुला राखेको बैंकका प्रमुख कार्यकारी अधिकृत प्रदिप कुमार श्रेष्ठले जानकारी गराए ।

Publish on: