काठमाडौं । चोरी भएका ४० मोटरसाइकलसहित चोरीमा संलग्न १२ जना पक्राउ परेका छन् । काठमाडौका विभिन्न स्थानमा मोटरसाइकल चोरीमा संलग्न १२ जनालाई पक्राउ गरेको महानगरीय प्रहरी परिसरले जनाएको छ ।
महानगरीय प्रहरी वृत्त किर्तिपुरबाट सादा पोसाकमा खटिएको प्रहरीले टोलीले उक्त समुहलाई पक्राउ गरेको हो ।
उपत्यकाका विभिन्न ठाउँबाट चोरी गरिएका उक्त मोटरसाइकलहरु धादिङ, मकवानपुर, सिन्धुपाल्चोक, काभ्रे, नुवाकोटलगायत विभिन्न ठाउँमा विक्री गर्ने गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेहरुमा मदन कुमार मोक्तान, सन्देश गोले, सोम सुनार, गणेश लामा, रिक्जेन मोक्तान, सन्दिप गुरुङ, भरत थापा क्षेत्री, इन्द्र बहादुर तामाङ, रक भन्ने विक्रम भुजेल, राजु पौडेल, सविन तामाङ, आलु भन्ने समिर तामाङ रहेका छन् ।
प्रहरीले नियन्त्रणमा लिएका मोटरसाइकलमध्ये १७ थान एकै ठाउँमा फेला परेका थिए । साथै केही मोटरसाइकल चोरी गरेर लैजाँदै गरेको अवस्थामा पनि बरामद गरेको प्रहरीले जनाएको छ ।
हालसम्म ४० वटा चोरीका मोटरसाइकल बरामद गरी अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।
SHARE YOUR THOUGHTS