काठमाडौं । सेफ्स एशोसिएसन अफ नेपालले हाइजिन एण्ड सेफ्टी तालिम सम्पन्न गरेको छ । उक्त्त तालिम निःशुल्क प्रदान गरिएकाे थियाे ।
काठमाडौंको रानीबारीमा कार्यालय रहेको उक्त संस्थाले विभिन्न कार्यक्रम गर्दै आएको छ । होटल तथा रेष्टुराँहरुमा बन्ने खानालाई कसरी स्वस्थकर र सुरक्षित राख्ने भन्ने विषयमा दिइएको उक्त तालिममा विभिन्न क्षेत्रका सेफहरुले सहभागिता जनाएका थिए ।
नवनिर्वाचित कार्यसमितिका अध्यक्ष खड्ग विक्रम लामाको अध्यक्षमा भएको उक्त तालिम अब निरन्तर दिने एशोसिएसनका उपाध्यक्ष शिवहरि घिमिरेले क्लिकमाण्डुलाई बताए ।
चारदिनसम्म चलेको उक्त तालिम निकै फलदायि भएको तालिमका सहभागिहरुले बताएका छन् । तालिम पश्चात तालिममा सहभागिहरुलाई प्रमाणपत्र वितरण गरिएको थियो ।
साथै एशोसिएसनले सेफहरूकाे क्षमता वृद्धि र पर्यटन वर्षलाई मध्यनजर गरी विभिन्न कार्यक्रम गर्ने याेजना रहेकाे समेत अध्यक्ष लामाले बताएका छन्र ।
निःशुल्क प्रदान गरिएकाे याे तालिमलाइ अागामी दिनमा पनि निरन्तरता दिइने अध्यक्ष लामाले स्पष्ट पारे ।
SHARE YOUR THOUGHTS