काठमाडौं। सेक्युरिटी प्रिटिङ प्रेसको विषयमा पहिला भएको आर्थिक अनियमितता भएको भन्दै त्यसको सत्य जान्नको लागि अख्तियारलाई पत्राचार गर्न लेखा समितिका सांसदहरुले माग गरेका छन् ।
सरकारले जिटु जि माध्यमबाट प्रेस खरिद गर्ने भन्दै आर्थिक हिनामिना गरेको हुनसक्ने भन्दै त्यसको छानविनको लागि अख्तियारलाई अध्ययन गर्न दिन आग्रह गरेका छन् । सांसदहरुले प्रेस खरिद गर्दा ग्लोबल टेन्डरबाट गर्न पनि सुझाव दिएका छन् ।
सांसद शरदसिहंभन्डारीले जिटुजी सरकारको लागि चोरबाटो बाट कमिशन लिने माध्यम भएको बताए । उनले अब प्रेस खरिद गर्दा ग्लोबल टेन्डरमा जान आग्रह गरे ।
सांसद् पार्वतिकुमारी बिसुङ्खे ग्लोबल टेण्डरमा जान आवश्यक रहेको बताइन् । यो भएको खन्डमा जनताले पाउने सेवा र अधिकार सहजै पाउने उनको तर्क छ ।
सांसद तेजुलाल चौधरीले यो जनताको सरोकारको विषय भएको बताए । ३÷४ महिनामा भ्रष्टाचारको नाममा धेरै चलखेल भएको भन्दै छानविनको लागि अख्तियारलाई पत्र काटन सुझाव दिएका छन् ।
मन्त्रीले राजीनामा दिनेबित्तीकै छोडन नहुने र त्यसको लागि उपसमिति बनाएर कारबाही गर्नुपर्ने बताए ।
सांसद धर्मशिला चापागाईले ग्लोबल टेन्डरमा जानू निकै खुसिको विषय भएको बताईन । अहिले सरकारले जिटुजीको बदनाम गरेको उनको तर्क छ ।
मुद्रण विभागमा सीईओ उन नियम नै सरकारले परिवर्तन गरेको उनको तर्क छ । उनले यो विषयमा छानविन हुन आवश्यक रहेको दाबी गरिन । प्रेस राख्ने भवनमा पनि ध्यान दिन आवश्यक रहेको बताईन ।
तत्कालिन मन्त्रीलाई यो विषयमा पनि समितिले छानविन गर्न आवश्यक रहेको उनको भनाई छ ।
मोहमद ईस्तिहाक राईले यो प्रकृया खारेज गरेर ग्लोबल टेन्डरमा जान आवश्यक रहेको बताए ।
५ हजारको मेसिनलाई ३४ हजार कसरी भयो त्यो बनाउने महारथिलाई कारबाहिको दायरामा ल्याउन आग्रह गरे । मेसिन नआई मुद्रण विभागलाई राहदानि लाईसेन्स छाप्न दिनुको अनुसन्धान गर्न आवश्यक रहेको रहेको बताए ।
सांसद विरोध खतिवडाले जिटुजीबाट कुनै काम भएको खन्डमा सबै रोक्न सन्चार मन्त्रालयलाई पत्राचार गर्न आग्रह गरे । । उनले यो विषयमा प्रधानमन्त्री कार्यालयका सचिवलाई बोलाएर छलफल गरेर निष्कर्षमा पुग्न आवश्यक रहेको बताए ।
सांसद डा मिनेन्द्र रिजालले अडियो नआएको भए सरकारले गल्ती गर्ने सम्भावना रहेको बताए ।
सांसद प्रेम आलेले विजय मिश्रले मानसिक सन्तुलन गुमाएको र्तक गरेका छन् । उनले विभिन्न व्यक्तिलाई आरोप लगाएको बताए ।
SHARE YOUR THOUGHTS