काठमाडौं । सोमबारदेखि सवारी मर्मत गर्ने वर्कसप बन्द हुने भएका छन् । कोरोना भाइरसका कारण सरकारले अत्यावश्यक बाहेकका सेवा बन्द गर्ने निर्णय गरेसँगै अटोमेकानिक्स व्यवसायी संघले उक्त निर्णय गरेको हो ।
संघले आइतबार विज्ञप्ती जारी गर्दै सबै सवारी मर्मत गर्ने वर्कसपहरु बन्द हुने जानकारी दिएको हो । संघका अनुसार सोमबारदेखि ७ दिनका लागि सम्पूर्ण वर्कसपहरु बन्द हुनेछ ।
यसअघि सरकारले अत्यावश्यक बाहेकका सबै सेवा बन्द गर्न निर्देशन दिएको थियो ।
संघले अत्यावश्यक आवश्यकताका सवारी साधनहरु एम्बुलेन्स, अस्पताल, सुरक्षा निकायका सवारी साधन ममर्त गर्नु परेमा मास्क, पञ्जाको प्रयोग गर्न र साबुन पानीले हात धुने वा सेनिटाइजर जस्ता अल्कोहलिक बेस्ड सोलुसनको प्रयोग गरी सुरक्षित तरिकाबाट मात्रै ममर्त गर्न आग्रह गरेको छ ।