काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)ले सातवटा अस्पतालहरुलाई स्वास्थ्य सम्बन्धी सामग्री पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट ( पीपीई) वितरण गरेको छ । संघको सचिवालयका अनुसार ७ वटा अस्पताललाई १ सय २५ वटा पीपीई वितरण गरेको छ ।
संघले नारायणी अन्चल अस्पताल २५, सगरमाथा अन्चल अस्पताल २०, जनकपुर अन्चल अस्पताल २०, बारा जिल्ला अस्पताल १०, रौतहट जिल्ला अस्पताल १०, केन्द्रीय कारागार अस्पताल १५, भरतपुर क्यान्सर अस्पताललाई २५ थान पिपिई हस्तान्तरण गरेको जनाएको छ ।
संघका उपाध्यक्ष सोनाम लामाले सामग्री हस्तान्तरण गरेका हुन् ।
SHARE YOUR THOUGHTS