लकडाउनमा पनि दैनिक ३ घन्टा सहकारी संस्था खोल्न मन्त्रालयको निर्देशन « Eglish Khabarhub

लकडाउनमा पनि दैनिक ३ घन्टा सहकारी संस्था खोल्न मन्त्रालयको निर्देशन



काठमाडौं । बाग्मती प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले दैनिक ३ घन्टा सहकारी संस्था खोल्न निर्देशन दिएको छ ।

मन्त्रालयले सूचना जारी गर्दै सहकारीमा बढीमा ३ जना कर्मचारी खटाई दिनमा ३ घण्टा संस्थाको कार्यालय खुल्ला गरी आफ्नो निक्षेप रकम फिर्ता लिन आउने सदस्यहरुलाई निक्षेप रकम उपलब्ध गराउने व्यवस्था मिलाउन निर्देशन दिएको हो । विश्वभर फैलिएको कोरोना भाइरसको कारण सहकारी संस्थाहरु बन्द रहेका छन् ।

सरकारले घोषणा गरेको लकडाउनको पूर्ण पालना गर्दै यस बागमती प्रदेश अन्तर्गत मन्त्रालयको अधिकार क्षेत्रभित्र रहेका बचत तथा ऋणको कारोवार गर्ने सहकारी संस्थाहरुले आफ्ना सदस्यहरुलाई पर्न सक्ने आर्थिक समस्याबाट बचाउन सुरक्षाको विधि, उपाय तथा सामाजिक दुरी कायम समेत गर्न निर्देशन दिएको छ । मन्त्रालयका अनुसार मन्त्रालयको वैशाख ११ गतेको मन्त्रीस्तरको निर्णयानुसार उक्त निर्देशन जारी भएको हो ।

Publish on: