काठमाडौं । कपिलवस्तुमा बुधबार थप एकजनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार कपिलवस्तु नगरपालिका वडा नम्बर ५ निवासी २२ वर्षे पुरुषमा कोरोना देखिएको हो ।
यससँगै बुधबार २ जना थप कोरोना संक्रमित भेटिएका छन् । मंगलबार एकैदिन सबैभन्दा धेरे ८३ जनामा कोरोना पुष्टि भएको थियो ।
नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या २१९ पुगेको छ । जसमध्ये ३३ जना उपचारपछि निको भएका छन् ।
SHARE YOUR THOUGHTS