साना व्यवसायीलाई बम्पर उपहार, आयकरमा ७५ प्रतिशतसम्म छुट « Eglish Khabarhub

साना व्यवसायीलाई बम्पर उपहार, आयकरमा ७५ प्रतिशतसम्म छुट



काठमाडौं । साना व्यवसायीलाई आगामी बजेटमा बम्पर उपहार प्राप्त भएको छ ।

बिहीबार संसदमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले कोरोना प्रभावित अर्थतन्त्र पुनरुत्थान गर्नका लागि साना व्यवसायीहरुलाई उकास्नका लागि यस्तो प्याकेज घोषणा गरेका हुन् ।

पर्यटन व्यवसायीलाई आयकरमा २० प्रतिशत छुट

उनले लघु घरेलु र साना उद्योगीलाई लाग्ने आयकरमा वार्षिक २० लाख रुपैयाँसम्म कारोबार गर्ने व्यवसायीलाई ७५ प्रतिशत, २० लाखदेखि ५० लाख रुपैयाँसम्म कारोबार गर्नेलाई ५० प्रतिशत र ५० लाखदेखि १ करोड रुपैयाँसम्म कारोबार गर्ने करदातालाई २५ प्रतिशत छुट दिने व्यवस्था गरिएको जानकारी दिए ।

उनले लघुउद्यमलाई आयकरको छुटको अवधि थप २ वर्ष थप गरी ७ वर्ष कायम गरिएको छ भने महिला उद्यमिद्वारा सञ्चालित लघुउद्यम ३ वर्ष थप गरी १० वर्ष पुर्याइएको छ । साथै लघु बीमामा लाग्दै आएको मूल्य अभिवृद्धि कर हटाइएको जानकारी दिए ।

Publish on: