सुनको मूल्य बढेको बढ्यै, ९० हजार नजिक पुग्यो « Eglish Khabarhub

सुनको मूल्य बढेको बढ्यै, ९० हजार नजिक पुग्यो



काठमाडौं । विश्वव्यापी कोरोना महामारीका कारण अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ बढेसँगै नेपालमा पनि सुनको मूल्यमा अहिलेसम्मकै उच्च मूल्यमा पुगेको छ ।

लकडाउन खुकुलो भएसँगै खुलेकको बजारमा सुनको भाउ १० हजारभन्दा बढीले बढेको थियो ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार बजारमा छापावाल सुनको भाउ प्रतितोला ८९ हजार ९ सय रुपैयाँ पुगेको छ । त्यस्तै तेजावी सुनको मूल्य प्रतितोला ८९ हजार ४६० पुगेको छ भने चाँदीको मूल्य ९३० रुपैयाँ पुगेको छ ।

Publish on: