लकडाउनमा घटेको पेट्रोल डिजलको मूल्य खुकुलो भएपछि बढ्यो « Eglish Khabarhub

लकडाउनमा घटेको पेट्रोल डिजलको मूल्य खुकुलो भएपछि बढ्यो



काठमाडौं । लकडाउनको समयमा घटेको तेलको मूल्य लकडाउन खुकुलो भएपछि बढेको छ ।

मंगलबार नेपाल आयल निगमले पेट्रोलमा प्रतिलिटर ४.७७ पैसा, डिजलमा प्रतिलिटर ५.८० रुपैयाँले बढेकाले  साबिकको मूल्यमा ५ रुपैयाँका दरले बढाउने निर्णय गरेको छ ।

त्यसैगरी मट्टितेलको मूल्य प्रतिलिटर २ रुपैयाँले बढाएको छ । निगमका अनुसार अब पेट्रोलको मूल्य १०१ रुपैयाँ, डिजल र मट्टितेलको मूल्य प्रतिलिटर ८७ रुपैयाँ कायम गरेको छ ।

Publish on: