काठमाडौं । हिमालयन बैंक र कर्मचारी सञ्चयकोष बीच डिजिटल कारोबार सम्बन्धी द्विपक्षिय सम्झौता भएको छ । सो सम्झौता पत्रमा बैंकका तर्फबाट वरिष्ठ व्यवस्थापक शंकर जोशी र कोषका तर्फबाट मुख्य व्यवस्थापक अर्जुन कुमार गौतमले हस्ताक्षर गरेका हुन् ।
सम्झौतासँगै बैंकका कर्मचारीले डिजिटल प्रविधिमार्फत् संचयकोषमा भुक्तानी गर्न पाउने भएका छन् । कोषमा रकम सञ्चय गर्दैं आएका बैंकका सञ्चयकर्ताले कोषबाट लिएको ऋणको सावा र व्याज भुक्तानी कनेक्ट आइपीएस् इपेमेन्टद्वारा गर्न सक्ने छन् ।
बैंकले कोषसंगको उक्त सम्झौता पश्चात सञ्चयकर्तालाई लाभ पुग्ने विश्वास लिएको छ ।
SHARE YOUR THOUGHTS