काठमाडौं । लकडाउनका कारण रोकिएको कक्षा १२ को परीक्षा असोजमा हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा असोजको पहिलो साता गर्ने तयारी गरेको छ ।
लकडायनका कारण कक्षा १० एसईई र कक्षा ११ को परीक्षा रद्द भइसकेको छ । कक्षा १० र ११ को परीक्षा विद्यालयले आन्तरिक मूल्यांकनका आधारमा नतिजा प्रकाशित गर्ने निर्णय भइसकेको छ ।
तर कक्षा १२ को परीक्षा भने सञ्चालन गर्नैपर्ने भएकाले असोज पहिलो साता गर्ने बोर्डले तयारी गरेको छ । शिक्षा मन्त्रालयले यही साउन १५ गतेदेखि माध्यमिक तहका शिक्षकलाई अनिवार्यरुपमा विद्यालयमा उपस्थित हुन निर्देशन दिएकाले परीक्षा हुने सम्भावना बढेको हो ।
सरकारले भदौ १ गतेदेखि विद्यालयको भर्ना गर्ने निर्णय गरिसकेको अवस्थामा बोर्डले पनि बाँकी रहेको परीक्षा असोजको पहिलो साता गर्ने तयारी गरेको हो ।
यता त्रिभुवन विश्वविद्यालयले पनि स्थगित परीक्षा आगामी भदौ ७ गतेदेखि गर्ने निर्णय गरिसकेको छ ।
SHARE YOUR THOUGHTS