स्रोत नखुलेको २० लाख बोकेर किन आए ठाकुर ? « Eglish Khabarhub

स्रोत नखुलेको २० लाख बोकेर किन आए ठाकुर ?



काठमाडौं । सशस्त्र प्रहरीको टोलीले स्रोत नखुलेको २० लाख रुपैयाँ सहित सिरहा नगरपालिका १९ सोहरूवाबाट एक जनालाई पक्राउ गरेको छ ।

सीमा सुरक्षा बल लगदीगदियानीबाट खटिएको टोलीले सो रकमसहित जिल्लाकोे अर्नमा गाउँपालिका–४ लक्ष्मीपुर निवासी ३७ वर्षीय सुकदेव ठाकुरलाई पक्राउ गरेको हो ।

सशस्त्र प्रहरी बल नम्बर ७ गण सिरहाका प्रहरी उपरीक्षक प्रवीण कँडेलले जानकारी दिए ।

भारततर्फबाट आउँदै गरेका ठाकुरलाई शङ्का लागेर चेकजाँच गर्दा सो रकम भेटिएपछि नियन्त्रणमा लिइएको प्रहरी उपरीक्षक कँडेलले बताए । पक्राउ परेका ठाकुरलाई आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालयमा बुझाइएको जनाएको छ ।

Publish on: