काठमाडौं । सिभिल र सिद्धार्थ बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् ।
बैंकले सार्वजनिक गरेको नयाँ ब्याजदरमा मुद्दती निक्षेपको ब्याज व्यक्तिगत रुपमा ७.२५ र संस्थागत रुपमा ६.५० प्रतिशत रहेको छ ।
सिभिल बैंकको बचतमा सबै खातामा ५.५० प्रतिशत ब्याज रहेको छ । सिभिल बैंकको असार मसान्तको बेसरेट ९.८४ प्रतिशत रहेको छ । बैंकबाट ऋण लिँदा अभिकतम १५ प्रतिशतसम्म ब्याज लाग्ने छ ।
जसमा ओभरड्राफ्ट कार्ड, माइक्रो ग्रुप ग्यारेन्टी बेस लोन लिँदा १५ प्रतिशतसम्म ब्याज लाग्ने छ । यस्तै हायर पर्चेज, रियल स्टेट, अटो, शैक्षिक धितोकर्जा लिदाँ १४.८४ प्रतिशत ब्याज लाग्ने छ ।
नयाँ ब्याजदर सार्वजनिक गरेको सिद्धार्थ बैंकको बचत खातामा न्यूनतम ३ देखि अधिकतम ५ प्रतिशतसम्म ब्याज रहेको छ ।
बैंकले कर्जाको ब्याजदर पनि सार्वजनिक गरेको छ । असार मसान्तसम्म बैंकको आधार दर ९.०३ प्रतिशत रहेको छ ।
बैंकबाट कर्जा लिँदा १४.०३ प्रतिशतसम्म ब्याज लाग्ने छ । बैंकबाट आद्योगिक लोन, अटो लोन,शैक्षिक धितोकर्जा, टर्म लोन, सेयर धितोबर्जा लगायतका शिर्षकमा कर्जा लिँदा १४.०३ प्रतिशत ब्याज लाग्ने छ ।
SHARE YOUR THOUGHTS