काठमाडौं । नेपालमा सूनको मूल्यले दिनानुदिन आफ्नो रेकर्ड आफै तोडिरहेको छ ।
बिहीबार सूनको मूल्य प्रति तोला ९४ हजार ५ सय रुपैयाँ पुगेसँगै नयाँ रेकर्ड कायम गरेको हो ।
बुधबार सूनको मूल्य प्रति तोला ९४ हजार रुपैयाँ रहेको थियो । बिहीबार प्रति तोला ५ सय रुपैयाँले बढेर ९४ हजार ५ सय रुपैयाँ पुगेको हो ।
यस्तै चाँदीको मूल्य पनि बढिरहेको छ । बुधबार चाँदी प्रति तोला १ हजार १३५ रुपैयाँ रहेकोमा बिहीबार प्रति तोला ११ सय ४५ रुपैयाँ रहेको छ ।
SHARE YOUR THOUGHTS