टिच फर नेपाललाई सानिमा बैंकको आर्थिक सहयोग « Eglish Khabarhub

टिच फर नेपाललाई सानिमा बैंकको आर्थिक सहयोग



काठमाडौं । सानिमा बैंकले टिच फर नेपाललाई आर्थिक सहयोग गरेको छ । बैंकले शैक्षिक क्षेत्रमा थप टेवा पु¥याउने हेतुले संस्थालाई १० लाख रुपैयाँ सहयोग गरेको हो ।

एक कार्यक्रमका बीच बैंकका तर्फबाट प्रमुख निक्षेप अधिकृत सरोज गुरागाईंले टिच फर नेपालका प्रमुख कार्यकारी अधिकृत स्वस्तिका श्रेष्ठलाई सो सहयोग रकम हस्तान्तरण गरेका छन् । बैंकले विगत ८ वर्षदेखि सामाजिक उत्तरदायित्व अन्तर्गत उपत्यका बाहिरका शाखाहरुबाट विपन्न वर्गका विद्यार्थीहरुलाई शैक्षिक छात्रवृत्ति प्रदान गर्दै आएको छ ।

नेपालका सरकारी विद्यालयमा पढ्ने विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रदान गर्ने उद्देश्यका साथ टिच फर नेपाल विगत ७ वर्षदेखि यस क्षेत्रमा कार्यरत रहेको छ । टिच फर नेपालको तर्फबाट हाल १३८ जना शिक्षकहरु विभिन्न ७ जिल्लाका ६४ सामुदायिक विद्यालयहरुमा कार्यरत रहेका छन् भने १० हजार भन्दा बढी विद्यार्थीहरुमा सो संस्थाबाट प्रत्यक्ष रुपमा लाभान्वित भएका छन् ।

Publish on: