वाणिज्य विभागले पानीको समर्थन मूल्य तोक्यो, एक बोतल पानीको मूल्य अब १६ रुपैयाँ « Eglish Khabarhub

वाणिज्य विभागले पानीको समर्थन मूल्य तोक्यो, एक बोतल पानीको मूल्य अब १६ रुपैयाँ



काठमाडौं । वाणिज्य, आपुर्ति तथा उपभोक्ता विभागले पानीको समर्थन मूल्य तोकेको छ । विभागले प्रशोधित पानीको खुद्रा बिक्री मूल्य बोतलको १६ रुपैयाँ तोकेको हो ।

बजारमा प्रोशोधित पानी व्यवपारीहरुले मनोमानी मूल्य तोकी बिक्री गरेको हुँदा न्यूनतम समर्थन मूल्य तोकिएको विभागका निर्देशक रबिन्द्र आचार्यले बताए ।

‘मनोमानीरुपमा व्यापारीले खुद्रामा १५ रुपैयाँदेखि २५ रुपैयाँभन्दा बढीमा बिक्री गरेको भेटियो, त्यसपछि बोतलमा र जारमा बिक्री वितरण हुने प्रशोधित पानीको मूल्य तोकिएको हो,’ उनले भने ।

प्रशोधित पानी प्रतिजार थोकमा ३५ रुपैयाँ र खुद्रामा अधिकतम ५० रुपैयाँ मूल्य तोकिएको छ । त्यसैगरी १ लिटर बोतलको पानी प्रतिकार्टुनको थोक मूल्य १ सय ३० रुपैयाँ तोकिएको उनले बताए ।

वाणिज्य विभागले काठमाडौं उपत्यका र काभ्रे गरी चार जिल्लामा उत्पादन हुने बोतल बन्द पानीको न्यूनतम समर्थन मूल्य तोकेको निर्देशक आचार्यले जानकारी दिए । नयाँ मूल्य भदौ १ गतेबाट लागू हुने छ ।

Publish on: