अख्तियारका प्रमुख आयुक्त घिमिरेलाई कोरोना संक्रमण « Eglish Khabarhub

अख्तियारका प्रमुख आयुक्त घिमिरेलाई कोरोना संक्रमण



काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नविन घिमिरेलाई कोरोना संक्रमण पुष्टि भएको छ । घिमिरेलाई मंगलबार कोरोना पुष्टि भएको हो ।

गत साता अख्तियारामा कर्मचारी तथा सुरक्षाकर्मीलाई गरी ३७ जनालाई कोरोना संक्रमण पुष्टि भएको थियो । काठमाडौं उपत्यकामा कोरोना संक्रमणको जोखिम बढ्दै जाँदा भीआईपीमा कोरोना संक्रमण पुष्टि भएको हो ।

यसअघि गरिएको परीक्षणमा घिमिरेका ड्राइभर र पछुवा गाडीमा हिँड्ने ७ जना प्रहरीलाई कोरोना देखिएको थियो ।

Publish on: