व्यवसायीले उठाएको माग पूरा, राजस्व बोर्ड गठनः अध्यक्षमा महेश दाहाल « Eglish Khabarhub

व्यवसायीले उठाएको माग पूरा, राजस्व बोर्ड गठनः अध्यक्षमा महेश दाहाल



काठमाडौं । व्यवसायीले राजस्व सम्बन्धि विवाद समाधानको लागि माग गरेको राजस्व बोर्ड गठन भएको छ ।

सरकारले राजस्व बोर्ड गठन गर्दै त्यसको अध्यक्षमा पूर्वसचिव महेश दाहाललाई नियुक्त गरेको छ । बोर्डको सदस्यको रुपमा पूर्वसहसचिव निर्मलहरि अधिकारी छन् ।

राजस्व सम्बन्धि विवादको लागि राजस्व बोर्ड गठन गर्नुपर्ने माग व्यवसायीको थियो । व्यवसायीहरुले हरेक वर्ष बजेट सुझाव दिदा यो माग समेट्ने गरेका थिए । लामो समयपछि सरकारले राजस्व बोर्ड गठन गरेको हो ।

मन्त्रीपरिषद्को बैठकले राजस्व बोर्डको अध्यक्षमा महेश दाहाल र सदस्यमा निर्मलहरि अधिकारीलाई नियुक्त गरिएको जानकारी सरकारका प्रवक्ता डा युवराज खतिवडाले पत्रकार सम्मेलनमा जानकारी दिए ।

ओली नेतृत्वको सरकारले राजस्व फस्र्योट ऐन खारेज गरेको थियो । बेला बेला सरकारले राजस्व फस्र्योट आयोग गठन गर्ने गरेको थियो ।

पछिल्लो समय गठन भएको आयोग अत्याधिक विवादमा समेत परेको थियो । जसको विरुद्द आयोगका सदस्यहरुलाई अख्तियारले समेत मुद्दा चलाएको थियो ।

Publish on: