काठमाडौं । एनएमबि बैंकले कञ्चन डेभलपमेन्ट बैंकलाई प्राप्ति गरी भदौ ७ गते बाट एकीकृत वित्तीय कारोवार गर्ने भएको छ ।
प्राप्ति पश्चात बैंकको चुक्ता पूँजी १४ अर्ब ४५ करोड तथा जगेडा कोषको आकार ७ अर्ब ३५ करोड रुपैयाँ बृद्घि भएको छ । प्राप्ति पश्चात बैंकको नाम “एनएमबि बैंक लि.” नै रहने छ ।
एकीकृत वित्तीय कारोवारको थालनीसँगै, एनएमबि बैंककोे सबै प्रादेशिक संरचनामा सन्तुलित सञ्जालको विस्तार भई बैंकको ब्रान्ड (चिनारी) समेत बलियो रुपमा स्थापति हुनेछ । जसले सहरोन्मुख र ग्रामीण क्षेत्रका जनतामा वित्तीय पहुँच पु¥याउने बैंकको दिगोको लक्ष्य प्राप्त गर्न सरोकारवालाहरुसंगको सहकार्यलाई अघि बढाउन मद्धत गर्नेछ ।
कञ्चन डेभलपमेन्ट बैंकलाई प्राप्ति पश्चात बैंकले १८६ शाखाहरु, ६ विस्तारित काउन्टरहरु र १३५ एटीएमहरुले जनतालाई सेवा दिने छन् ।
SHARE YOUR THOUGHTS