संसारका यी १० देश जहाँ हालसम्म कोरोना देखिएको छैन


काठमाडौं । संसार नै यतिबेला कोरोना भाइरसको कहरमा नराम्ररी फसेको छ । आर्थिक रुपमा सबल मानिएको अमेरिका, यूरोप, बेलायत तथा दक्षिण अमेरिकी मुलुक समेत कोरोनाको चर्काे मारमा परेका छन् ।

कोरोनाले समग्र अर्थतन्त्रलाई तवाह बनाइदिएको छ । मानिसका आर्थिक स्रोतहरु सुकेका छन् । संसारमा झण्डै साढे ७ अर्ब बढी मानिस मध्ये अधिकाशं मानिस लकडाउनमा फसेका छन् । उनीहरु घरमै छन् । समग्रमा कोरोनाले मानिसको निद हराम गरिदिएको छ । दिनमा चैन, रातको निद समेत खोसिदिएको छ कोरोनाले ।

अमेरिका, जापान, बेलायत जस्ता आर्थिक रुपमा सबल मानिएका देशले समेत हालसम्म कोरोनालाई नियन्त्रण गर्ने उपायको खोजी गर्न सकेका छैनन् । पछिल्ला दिनमा सार्वजनिक भएका भ्याक्सिनका तयार भएको भन्ने समाचारले मानिसलाई केही मात्रामा त्राण भने दिएको छ ।

उनीहरु भ्याक्सिनको प्रतिक्षामा छन् । रसियाले सबैभन्दा पहिले आफूहरुले भ्याक्सिन बनाएको बताइरहेको छ ।

समग्रमा कोरोनाले मानिसको निद हराम गरिदिएको छ । दिनमा चैन, रातको निद समेत खोसिदिएको छ कोरोनाले ।

यस्तै, चीन, अमेरिका जस्ता देशले समेत आफूहरु भ्याक्सिन निर्माणको अन्तिम चरणमा पुगेको बताएका छन् । उनीहरुबीच कोरोना नियन्त्रण गर्ने भ्याक्सिन कसरी अगाडि बढाउने भन्ने बारेमा चर्को प्रतिस्पर्धा रहेको छ ।

यस समाचार सामग्रीमा हामीले भ्याक्सिनको भन्दा पनि संसारका यस्ता देश जहाँ कोरोनाले हालसम्म कुनै प्रभाव पारेको छैन, त्यसबारेमा जानकारी दिने प्रयासमा छौ ।

बिबिसी हिन्दी सेवामा प्रकाशित सामग्रीलाई प्रस्तुत गरिएको छ । कोरोना भाइरसले यी १० देश बाहेक संसारका अधिकाशं देशलाई प्रभावित बनाएको छ । असर पनि नराम्ररी देखाएको छ ।

उनीहरुले कसरी कोरोना भाइरसबाट जोगिने प्रयास गरिरहेका छन् भन्ने विषय पनि आफैमा महत्वपूर्ण रहेको छ ।

होटल मात्रै नभई सबै खालका रेष्टुरा तथा होटलहरु समेत खाली खाली छन् ।

सन् १९८२ मा खुलेको दि पलाऊ होटल त्यो समयको सबैभन्दा बढी प्रचलित नाम थियो । किनकी सो समयमा अरु कुनै होटल नै सञ्चालनमा आएको थिएन ।

आकाश जस्तै निलो रंगको प्रशान्त महासागरबाट घेरिएको उक्त सानो देशले छोटो समयमा नै विश्व पर्यटन बजारमा बेग्लै नाम बनाएको छ ।

प्रकृतिको अनुपम आनन्द लिन चाहनेका लागि पलाऊ यस्तो नाम बनेको छ, कि जो सुन्दै पुलकित हुनेहरु पनि छन् । सन् २०१९ मा उक्त देशमा ९० हजार पर्यटक पुगेका थिए ।

आइएमएमको विवरण अनुसार उक्त देशको कूल ग्राहस्थ उत्पादनको ४० प्रतिशत हिस्सा पर्यटन क्षेत्रले ओगटेको छ । पलाऊको सीमा गत मार्चको अन्तिम दिनदेखि बन्द छ ।

सो देशमा हालसम्म कोरोना संक्रमण भएको कुनै आधिकारिक जानकारी सार्वजनिक भएको छैन

भारतमा जुन दिन लकडाउन शुरु भएको दिनदेखि हिसाब गर्ने हो भने सो देशमा हालसम्म कोरोना संक्रमण भएको कुनै आधिकारिक जानकारी सार्वजनिक भएको छैन । त्यसमा उत्तर कोरिया र तुर्कमेनिस्तानलाई छाडिएको छ ।

कुनै पनि मानिस कोरोनाबाट प्रभावित भए भनेर आएको छैन । तर कोरोना भाइरसको कारण उक्त देशको पर्यटन बजार भने नराम्ररी प्रभावित भएको छ । दि पुलाऊ होटल गत मार्चदेखि बन्द भएको छ ।

होटल मात्रै नभई सबै खालका रेष्टुरा तथा होटलहरु समेत खाली खाली छन् । जुन पसलमा ग्राहक सामान खरिद गर्न जान्थे, ती सबै बन्दप्राय अवस्थामा छन् ।

मात्रै सोही होटल खुला छ , जो विदेशबाट फर्केर आएका छन्, उनीहरुलाई क्वारेन्टिनमा राख्नका लागि मात्रै सुविधा प्रदान गरिएको छ ।

यी १० देश जहाँ कोरोनाका कुनै पनि केश छैनन् ।

पलाऊ, माइक्रोनेशिया, मार्शल द्विप समूह नाउर, किरिबाती, सोलेमन द्विप , तुवालु , समोआ भानुआटु र टोगामा कुनै पनि कोरोना भाइरसकेको केश देखा परेको छैन ।

दि पलाऊ होटलका प्रबन्धक ब्रायन लीले भने ‘ यहाँको समुन्द्रको संसार संसारको सबैभन्दा बढी सुन्दर रहेको छ । उनका अनुसार आकाशको रंग जस्तै निलो समुन्द्रले सधै व्यस्त बनाइरहेको हुन्थ्यो ।

कोरोना भन्दा पहिले उनको होटलको ५४ कोठा मध्ये ७० देखि ८० प्रतिशत कोठा हरदम बुक भइरहन्थ्यो । तर सीमा बन्द भएपछि उनको साथमा कुनै पनि काम छैन ।

ब्रायनले भने यो एक सानो देश हो । जहाँ स्थानीय बासिन्दा पलाऊ होटलमा आएर बस्दैनन् । उनको होटलमा २० कर्मचारीले काम गर्छन् । पछिल्ला दिनमा उनीहरुको कामको समय घटाइदिएको छ । उनले भने म दैनिक जसो नै कामको खोजी गरिरहेको छु । जस्तै हेरचाहको काम , कुनै न कुनै भागको नयाँ निर्माणको काम यस्तै यस्तै ।

उनले यसरी लामो समयसम्म आफूहरु जान नसक्ने र एक न एक दिन होटल बन्द नै हुने भयो भन्ने चिन्ताले सताएको छ ।

ब्रायनले यस परिस्थितीको लागि सरकारलाई कुनै पनि प्रकारको दोष दिँदैनन् । किनकी सरकारले कोरोना भाइरसको संक्रमण हुनबाट देशलाई जोगाएर राखेको छ ।

यसैलाई नै उनीहरु सफलताको कारक मानिरहेका छन् ।

सरकारले कोरोना भाइरसको संक्रमण हुनबाट देशलाई जोगाएर राखेको छ ।

उनी भन्छन् ‘ सरकारले आफ्नो तर्फबाट राम्रो काम गरिरहेको छ । तर पलाऊ को सबैभन्दा पूरानो तथा स्थापित होटलको त यस्तो अवस्था छ ।

पलाऊको राष्ट्रपतिले हालै एक घोषणा गरे । उनले सेक्टेम्बर १ तारिकदेखि पुनः हवाई उडान शुरु हुन सक्नेछ । यही समयमा एउटा अफवाह पनि फैलिएको छ कि ताइवानको साथमा रहने गरी एक एयर करिडोर बनाउने विषयमा छलफल भइरहेको छ । जसमा पर्यटकको आवागमनका लागि अनुमति दिइनेछ । तैपनि ब्रायनलाई यो लाग्छ कि तत्काल त्यस्तो कुनै परिवर्तन भइहाल्दैन ।

उनी भन्छन् सरकार व्यापार व्यवसाय पुनः खोल्न शुरु गर्नेछ । सायद न्यूजील्याण्ड लगायत अन्य देशले पर्यटकका लागि हवाई उडान शुरु गर्नेछन् । यदि त्यसो भयो भने यहाँ कुनै पनि काम धन्दा गर्नका लागि कोही पनि रहनेछैन ।

पलाऊको पूर्वी दिशामा करिब ४ हजार किलोमिटरको टाढा रहेको विशाल प्रशान्त महासागर पार गरेपछि पुगिने मार्शल द्विप पनि हालसम्म कुनै पनि कोरोना संक्रमण भएको छैन । तर पलाऊको जस्तै कोरोनाको संक्रमण नदेखिदा त्यहाँ कुनै प्रभाव परेको नहोस् ।

त्यहाँ एउटा यस्तो होटल छ । जसको नाम हो रोबर्ट रिमर्स । उक्त होटल पनि प्रख्यात रहेको छ । त्यसको लोकेशन यस्तो सानदार छ कि एक पटक पुग्ने मानिसले साँच्चै रोमाञ्चक अनुभव गर्नेछन् ।

कोरोना भाइरस देखिनु पहिले सो होटलका कूल ३७ कोठा मध्ये ७५ देखि ८८ प्रतिशत कोठा भरिएका हुन्थे । त्यहाँ मुख्य गरी एशिया तथा अमेरिकाका नागरिक विदा मनाउन पुग्थे ।

जब सीमाना बन्द भयो । होटलका सामु ३ देखि ५ प्रतिशत मात्रै काम बाँकी रहेको छ । यस होटल समूहको लागि काम गर्ने सोफिया फाउलर भन्छिन ‘ हाम्रोमा आउने अधिकाशं बाहिरी द्विपबाट आउने पनि पहिले थोरै सिमित संखयामा थिए । जब लकडाउनले सबै खत्तम गरिदिएको छ ।’

राष्ट्रिय रुपमा नै मार्शल द्विप समूहमा कोरोनाका कारण ७०० बढी रोजगारी जाने अनुमान गरिएको छ । जुन सन् १९९७ पछिको सबैभन्दा ठूलो गिरावट हो । सो क्षेत्रमा मात्रै २५८ रोजगारी होटल तथा रेष्टुरेन्टमा थियो । ती सबै रोजगारी जाने देखिएको छ ।

किनकी मार्शल द्विप समूहको सेल्फ आइशोलेशनले पर्यटन क्षेत्र अत्याधिक प्रभावित भएको छ । पलाऊको तुलनामा मार्शल द्विपमा पर्यटनको मात्रै निर्भरता कम रहकेो छ । यहाँ बढी समस्या मन्त्स्य उद्योगमा देखिएको छ । मानिस नै नभएपछि सो उद्योग बढी समस्यामा परेको छ ।

देशलाई कोरोना मुक्त राख्ने ध्येयका साथ सथानीय प्रशासनले बन्दरगाहबाट प्रवेश गर्न नै रोक लगाइएको छ ।

इन्धनको ट्यांकर तथा कन्टेनर जहाज सहितका अन्य जहाजको प्रवेशका लागि पहिले समुन्द्रमा १४ दिन आइसोलेशन रहनुपर्ने नियम बनाइएको छ । माछा मार्नका लागि प्रदान गरिएको अनुमति समेत रद्द गरिएको छ । कार्गो उडानमा समेत भारी मात्रामा कटौती गरिएको छ ।

संक्षेपमा यो भन्न सकिन्छ, देशलाई भाइरसबाट मुक्त राख्नका लागि यो भन्दा अन्य कुनै उपाय नै बाँकी छैन । कोरोनाबाट आफूलाई मात्रै नभई अरुका लागि समेत यो भन्दा अरु कुनै उपाय नै बाँकी रहँदैन ।

कोरोना कारण सीमा बन्द हुँदा कनै देश गरिबीको दुश्चक्रमा धकेलिएका छन् । तर उनीहरु चाहँदैनन् कि सीमा नाका पुनः तत्काल नै खोलीहाल्नुपर्छ ।

किसान जो आफैले खानेकुरा उत्पादन गर्छन् । उनीहरु स्थानीय वा परम्परागत अर्थव्यवस्थामा नै निर्भर छन् ।

भानुआटुको सार्वजनिक स्वास्थ्य विभागका निर्देशक छन् डा लेन टारिबोडा । ३ लाख नागरिक बसोबास गर्ने राजधानी पोर्ट बिलामा उनले काम गर्छन् । उनी आफै स्थानीय अम्बेका हुन् ।

जहाँको आवादी १० हजार छ । उनी भन्छन् ‘ यदि तपाई अम्बेका नागरिकसँग कुराकानी गर्न त पाउनुहुन्छ । तर उनीहरु सीमा बन्द गरिराख्ने विषयमा नै वकालत गरिरहेका छन् । ’

उनीहरु भन्छन् ‘ जबसम्म महामारी पूर्ण रुपमा सकिदैन, तबसम्म सीमा बन्द गर्नैपर्छ । उनीहरु महामारी भित्रन त परै जाओस् त्यसको सामाना समेत गर्न नै चाहँदैनन् ।

डाक्टर लेनका अनुसार भानुआतुका करिब ८० प्रतिशत नागरिक औपचारिक अर्थव्यवस्था भन्दा बाहिर छन् । उनीहरुलाई बन्दले कुनै फरक पारेको छैन ।

किसान जो आफैले खानेकुरा उत्पादन गर्छन् । उनीहरु स्थानीय वा परम्परागत अर्थव्यवस्थामा नै निर्भर छन् ।

जबसम्म महामारी पूर्ण रुपमा सकिदैन, तबसम्म सीमा बन्द गर्नैपर्छ । उनीहरु महामारी भित्रन त परै जाओस् त्यसको सामाना समेत गर्न नै चाहँदैनन् ।

तर पनि देशलाई भने नोक्सानीबाट बचाउन मुस्किल पर्ने छ । एशियाली विकास बैंककको अनुमान छ कि कोरोनाका कारण भानुआतुको कूल ग्राहस्थ उत्पादनको करिब १० प्रतिशत गिरावट हुनेछ ।

सन् १९८० को स्वतन्त्रता पछि सो देशको सबैभन्दा बढी गिरावट हुनेछ । मानिएको छ कि कोरोनाको प्रभाव यहाँ लामो समयसम्म रहनेछ ।

जुलाईमा भानुआतुको सरकारले १ सेक्टेम्बरदेखि सुरक्षित मानिएका देशका नागरिकका लागि सीमा खोल्ने योजना बनाएको थियो । तर, अष्टेलिया र न्यूजील्याण्डमा पुन कोरोना भाइरसकेको संक्रमणको मामला सार्वजनिक भएपनि उक्त योजना समेत रद्द गरियो । बिबिसी हिन्दीबाट