लगातार घटिरहेको सुनको मूल्य बिहीबार बढ्यो « Eglish Khabarhub

लगातार घटिरहेको सुनको मूल्य बिहीबार बढ्यो



काठमाडौं । निरन्तर ओरालो लागेको सुनको मूल्य बिहीबार प्रतितोला ८ सय रुपैयाँले बढेको छ । बुधबार ९६ हजार ८ सय रुपैयाँमा छापावाला सुन खरिद बिक्री भएको थियो ।

आज छापावाला सुनको प्रतितोला वृद्धि भई ९७ हजार ६ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी संघले जनाएको छ ।

त्यसैगरी, तेजावी सुनको प्रतितोलाको मूल्य ९७ हजार १ सय रुपैयाँ रहेको छ । साथै, चाँदी प्रतितोला १ हजार ३ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ ।

Publish on: