लकडाउनमा प्लम्बिङदेखि रंगरोगनसम्म गर्नुपर्यो, सम्झनुहोस निर्माण साथीलाई « Eglish Khabarhub

लकडाउनमा प्लम्बिङदेखि रंगरोगनसम्म गर्नुपर्यो, सम्झनुहोस निर्माण साथीलाई



काठमाडौं । निर्माण तथा मर्मत सम्बन्धि ई–कमर्स कम्पनी निर्माण साथीले घर तथा कार्यालयमा आउने विभिन्न समस्याहरुलाई समाधान गर्न आकस्मिक सेवा दिँदै आएको छ ।

कोरोनाको विषम परिस्थितिमा प्लम्बिङ, विद्युतीय, एसी, सोलार, रंगरोगन, सिपेज (चुहावट) रोकथाम लगायत ५० भन्दा बढी सेवाहरु प्रदान गरिरहेको निर्माण साथीका सिइओ कुमार भट्टले बताए ।

निर्माण साथीले आफ्नो वेवसाइटमा उपभोक्ताका समस्याहरु अनलाईन बुक गर्ने व्यवस्था गरेको छ । साथै ९८४१८११६२३ मा फोन गरी अफलाइन बुक गर्न सकिने बताइएको छ । यसरी बुक गरेको २ घण्टामै सेवा उपलब्ध गराइने भट्टको दाबी छ ।

मर्मतको लागि आवश्यक सामग्री समेत निर्माण साथीले प्रवन्ध गर्ने छ । निर्माण साथीका प्राबिधिक मर्मतका लागि पुगेपछी गर्नुपर्ने कामको अवलोकन गरि शुल्क निर्धारण गरिने बताइएको छ ।

उपभोक्ता र कर्मचारी दुबैको स्वास्थ्य प्रती सजग हुँदै मास्क र सेनिटाइजरका साथै पिपिईको प्रयोग गरि कर्मचारीले काम गरिरहेको भट्टले जानकारी दिए ।

कर्मचारीको नियमित स्वास्थ्य परिक्षण गरिने र सम्पुर्ण कर्मचारीको कोरोना बीमा समेत गरिएको उनको भनाइ छ । ग्राहकहरुको सुविधा र स्वास्थ्य सुरक्षालाई मध्यनजर गर्दै विभिन्न माध्यमबाट अनलाइन भुक्तानी गर्न सकिने कम्पनीले जनाएको छ।

निर्माण साथीले दैनिक आइपर्ने समस्याबाहेक इन्जिनियरिङ परामर्श, डिजाईन, घर–निर्माण र घर सजावटको काम समेत अनलाईनबाटै गराउने कम्पनीका सह–संस्थापक समेत रहेका भट्ट बताउँछन् ।

हाल काठमाडौं उपत्यकाको लागि मात्र उपलब्ध सेवाहरु निकट भविश्यमै देशभर बिस्तार गरिने योजना रहेको कम्पनीले जानकारी गराएको छ ।

Publish on: