सुनको मूल्य प्रतितोला ७ सयले घट्यो « Eglish Khabarhub

सुनको मूल्य प्रतितोला ७ सयले घट्यो



काठमाडौं । सुन मूल्य आज प्रतितोला ७ सय रुपैयाँले घटेको छ । बिहीबार ९७ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन शुक्रबार प्रतितोला ९६ हजार ९ सय रुपैयाँ कायम भएको छ ।

त्यसैगरी, तेजावी सुनको प्रतितोलाको मूल्य ९६ हजार ४ सय रुपैयाँ रहेको छ । साथै, चाँदी प्रतितोला १ हजार ३ सय ४० रुपैयाँमा कायम भएको छ ।

Publish on: