९१ विकास बैंक यसरी भए १९ मा सीमित, को कुनसँग गाभिए ? हेमजंग कार्कीको लेख « Eglish Khabarhub

९१ विकास बैंक यसरी भए १९ मा सीमित, को कुनसँग गाभिए ? हेमजंग कार्कीको लेख



बैंक तथा वित्तीय संस्थामा एकदशक अघिदेखि हालसम्म पनि मर्जर र प्राप्तीको ठूलो चर्चा रहिरहेको छ । नेपालमा भएका बैंक तथा वित्तीय संस्थाहरु एक आपसमा गाभ्ने र गाभिने नीति सरकारले एकदशक अघिदेखि नै अवलम्वन गरेको थियो ।

बैंक मर्जर नीति ल्याउनुको कारण बैक तथा वित्तीय संस्थाहरुको संख्या वढ्दै जानु, फाट्ट फुट्ट बैंक तथा वित्तीय संस्थाहरु समस्या देखिनु र अझै यो संख्या वढ्ने भए पछि नेपाल राष्ट्र बैंकको नियमन क्षमताभन्दा धेरै भयो भन्ने महशुस गरेपछि नेपाल राष्ट्र बैंकले २०६८ सालमा बैक तथा वित्तीय संस्था गाभ्ने/ गाभिने र प्राप्ती गर्नेसम्वन्धी नियमावली जारी गरेको थियो ।

उक्त नियमावली जारी भइ सक्दा पनि नेपाल राष्ट्र बैंकले आशा गरे अनुसार संख्या घट्न सकेन । त्यस पश्चात् आर्थिक वर्ष २०७२/२०७३ को मौद्रिक नीति मार्फत नेपाल राष्ट्र बैंकले ४ गुणा देखी २५ गुणाले पूँजी वृद्धि गर्ने नीतिसँगै समयावधि पनि २०७४ असार मसान्तसम्मको तोकेको थियो ।

तत्कालीन समयमा रहेका क, ख, ग र घ वर्गका बैक तथा वित्तीय संस्थाहरु जम्मा २१८ थिए । पछिल्लो दिनसम्ममा वाणिज्य बैंकको संख्या २७ , विकास बैंकको संख्या १९, वित्त कम्पनीको संख्या २२ र लघु वित्त कम्पनीको संख्या ८५ वटा गरी कूल १५३ छन ।

मर्जरको प्रभाव सबैभन्दा बढी विकास बैंक र वित्त कम्पनीलाई परेको छ । कूल ९१ विकास बैंक आज १९ मा झर्नु र वित्त कम्पनी ७८ बाट २२ मा आउँनु मर्जर नीतिको ठूलो प्रभाव हो ।
विकास बैंकहरु मर्ज एवं प्राप्ति भई कुन कुन विकास बैंकहरु कहाँ कहाँ कोसँग गाभिएर संख्या घटे भन्ने कुराको यथार्थ विवरण निम्नानुसार रहेका छन-

बाणिज्य बैंकहरुले प्राप्ति गरेका विकास बैकहरु

विकास बैंकहरुले विकास बैंकहरु गाभेर बनेका विकास बैंकहरु

वित्त कम्पनीमा विलय भएको विकास बैंक

माथि उल्लेखित विवरण अनुसार विकास बैंकहरुको संख्या घटाउनेमा वाणिज्य बैंकहरु अग्रपंक्तिमा छन । कूल ४९ वटा विकास बैंक वाणिज्य बैंकमा विलय भएका छन । यसै गरी विकास बैंकले विकास बैंकलाई नै ३२ वटा मर्ज गरी १० वटामा झरेका छन ।

कहि कतै गाभ्ने, गाभिने र प्राप्तितर्फ सामेल नभएका विकास बैंक ९ वटा छन् र एक विकास बैंक वित्त कम्पनीमा विलय भएको छ । गाभ्ने, गाभिने र प्राप्तिपछि भए रहेका विकास बैकहरु आजको मितिसम्म १९ छन । यो संख्या अझै घट्ने देखिन्छ ।
सन २००५ देखि २०२० सम्म भए रहेका विकास बैंकहरुको उतार चढाब चार्ट यस प्रकार रहेको छ ।

श्रोतः नेपाल राष्ट्र बैंक
माथि उल्लेखित चार्ट अनुसार सन् २००५ मा २६, २०१२ मा ९१ र २०२० मा आउँदा १९ वटा विकास बैंक रहेका छन । सन् २०१२ त्यो नै अन्तिम उच्च बिन्दु देखिएको छ । यो संख्या सन् २०२१ मा पुग्दा घटेर १४/१५ मा आउने देखिन्छ ।

Publish on: