प्रधानमन्त्री रोजगार कार्यक्रमबाट ८२ हजारले पाए रोजगारी « Eglish Khabarhub

प्रधानमन्त्री रोजगार कार्यक्रमबाट ८२ हजारले पाए रोजगारी



काठमाडौं । बाध्यकारी वैदेशिक रोजगारीलाई अन्त्य गर्ने उद्देश्यले अघि सारिएको प्रधानमन्त्री रोजगार कार्यक्रबाट ८२ हजार ६ सय ३८ जनाले रोजगारी प्राप्त भएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले आर्थिक वर्ष २०७६/०७७ मा सम्पादन गरेका कार्य प्रगति तथा चालु आव २०७७/०७८ को लागि लक्ष्य तथा कार्यक्रममा ७ सय १ स्थानीय तहमा रहेको ८२ हजारले रोजगारी पाएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादवले जानकारी दिए ।

उक्त प्रधानमन्त्री रोजगार कार्यक्रमको लागि मन्त्रालयले ५ अर्ब १ करोड रकम छुट्टाइएको थियो ।

त्यस्तै चालु आवको प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि सरकारले ११ अर्ब ६० करोड बजेट छुट्याएको छ । उक्त छुट्टाइएको रकमले वर्षमा २ लाख बेरोजगार युवाहरूलाई न्यूनतम १ सय दिनको रोजगारी दिने मन्त्री यादवले बताए ।

Publish on: