बालाजु औद्योगिक क्षेत्रबाटै प्रशोधन नगरेको आक्वा ९९ ब्राण्डका पानीको खुलेआम बिक्री « Eglish Khabarhub

बालाजु औद्योगिक क्षेत्रबाटै प्रशोधन नगरेको आक्वा ९९ ब्राण्डका पानीको खुलेआम बिक्री


१५ भाद्र २०७७, सोमबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

काठमाडौं । रोक लगाइएको आक्वा ९९ ब्राण्डको पानी उत्पादन तथा बिक्री वितरण नियमित भएको भेटिएको छ ।

काठमाडौंको बालाजु औद्योगिक क्षेत्रभित्र त्रिकोण वेभरेजले उत्पादन गरेको आक्वा ९९ ब्राण्डको पानी प्रशोधन र जारको गुणस्तरमा त्रुटी देखिएपछि गत फागुनमा खाद्य तथा गुण नियन्त्रण कार्यालयसहितको अनुगमनका क्रममा उत्पादन बन्द गर्न निर्देशन दिइएको थियो ।

महानगरको उपभोक्ता हित संरक्षण समितिले औद्योगिक क्षेत्रमा उत्पादन हुने खाद्य, पानी र दूग्ध पदार्थको अनुमगन गर्दा यो क्रम देखिएको हो ।

यो देखेर अनुगमनमा रहेका खाद्य प्रबिधि तथा गुण नियन्त्रण बिभागका वरिष्ठ खाद्य अनुसन्धान अधिकृत ईश्वर सुवेदीले बेभरेजले उत्पादन गर्ने पानीको गुणस्तरको बिषय निर्णय नपुगेको बताए । गुणस्तर नपुगेकोले हामीले गएको फागुन महिनामा भएको अनुगमनकै क्रममा उत्पादन रोक्न भनेका थियौं ।

बेभरेजका सञ्चालक सुरेन्द्र श्रेष्ठले भने ‘हामीले पछि अनुमति लिएरै चलाएका हौं ।’ तर उनले कसको अनुमतिमा पुनः सञ्चालन भयो भन्ने जानकारी दिएनन् ।

बेभरेज जमिनमुनिको पानी लिएर प्रशोधन गरेर बिक्री गर्ने गरेको छ । श्रेष्ठका अनुसार सामान्य अवस्थामा दैनिक २५ हजार लिटर पानी बाहिर पठाउने गरिएको छ । उनका अनुसार पनि यसरी उत्पादन हुने पानीको धेरै भाग जमिनमुनिबाटै निकाल्ने गरिन्छ ।

औद्योगिक क्षेत्रले २ वटा धारा दिएको छ भनेर श्रोत देखाउने श्रेष्ठले यतिले तपाईको व्यापारको कति प्रतिशत भाग थेग्छ भन्ने प्रश्नको जवाफ दिएनन् । अनुगमनका क्रममा बेभरेजलाई पुनः सञ्चालन गर्न लिएको अनुमतिसहित अन्य आवश्यक कागज बोकेर महानगरको कृषि बिभागमा आउन निर्देशन दिइएको छ ।

बेभरेजले उत्पादन गरेको २० लिटर जारको थोक मुल्य १५ रुपैयाँ र खुद्रा मुल्य २५ राखिएको छ । यसरी बिक्री गरिने पानी बजारमा ५० रुपैयाँसम्ममा बिक्री हुन्छ ।

अनगुमन टोलीले परीक्षणका लागि यस बिभरेजबाट पानीको नमूना संकलन गरेको छ । यसै गरी जय हनुमान फुड प्रा. लि. बाट उत्पादन हुने ६६६ व्राण्डको आँटा र मैदाको नमूना पनि लिएको छ ।

औद्योगिक क्षेत्रभित्रै रहेको आधुनिक डेरी प्रोडक्टमा दूध नभएर दूग्ध पदार्थ उत्पादनको काम भएको थिएन । चितवनबाट दिनको ३ गाडी दूध आउँथ्यो । अहिले १ गाडी आउँछ । त्यही पनि समयमा आउँदैन । यता होटल व्यवसाय पनि ठप्प छ । यसकारण आयात र बिक्री दुवै रोकिएको हो, सञ्चालक भन्दै थिए ।

प्रकाशित मिति : १५ भाद्र २०७७, सोमबार ००:००  १ : ३५ बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping