नविल बैंकको चाडपर्व योजनाः मुद्दति निक्षेपमा साढे ९%सम्म ब्याज, ७.४९% मै घर कर्जा « Eglish Khabarhub

नविल बैंकको चाडपर्व योजनाः मुद्दति निक्षेपमा साढे ९%सम्म ब्याज, ७.४९% मै घर कर्जा



कठमाडौं । कोरोना कहरकै बीच नविल बैंकले चाडपर्वलक्षित योजनाहरु सार्वजनिक गरेको छ । कोरोनाका कारण आम्दानी खुम्चिएको अवस्थामा बैंकले उच्चतम ब्याज प्रदान गरी आम्दानी बढाउनका लागि सारथी बनेको छ ।

‘कोविड १९ महामारीको प्रभावका कारण धेरै नेपालीहरू आर्थिक कठिनाईमा हुनुहुन्छ, यस कठिन समयमा नबिल बैंकले सँगै अघि बढ्ने आफ्नो उद्देश्यअनुरुप, सम्भव भएसम्म धेरैलाई खुशी पार्ने प्रयास गर्दै समाज प्रती उत्तरदायी हुन चाहन्छ,’ बैंकले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

बैंकले चाडवाड योजना अन्तर्गत १३ देखि २४ महिनासम्मको व्यक्तिगत मुद्दती खातामा ग्राहकहरुलाई बार्षिक ९ प्रतिशतसम्म ब्याजदर प्रदान गर्ने जनाएको छ ।

त्यतैगरी १ वर्षसम्मको मुद्दती खातामा बैंकले ८.५ प्रतिशत ब्याजदर प्रदान गर्दैछ । २ वर्षभन्दा माथि र ५ वर्षसम्म व्यक्तिगत मुद्दती खातामा बार्षिक ९.२५ प्रतिशत ब्याजदर र ५ वर्षभन्दा माथि व्यक्तिगत मुद्दती खातामा बार्षिक ९.५० प्रतिशत ब्याजदर प्रदान गरिनेछ ।

त्यसैगरी, ७.४९ प्रतिशत ब्याजदरमै घर कर्जा दिने बैंकले जनाएको छ । धितो कर्जामा र व्यक्तिगत ओभरड्राफ्टमा ७.९९ प्रतिशत, १ करोड रुपैयाँसम्मको कर्जामा ७.४९ प्रतिशत, १ करोडभन्दा माथिको कर्जामा ७.९९ प्रतिशत लिने र उक्त ब्याजदर एक वर्षसम्म ब्याजदर परिवर्तन नगर्ने बैंकले जनाएको छ ।

सन् १९८४ मा स्थापना भएको बैंकले अहिले ग्राहकलाई १ सय १९ शाखा, १ सय ८५ एटिएम र १५ सयभन्दा बढी नबिल रेमिट एजेन्टहरुमार्फत् सेवा प्रदान गरिरहेको छ ।

यो बैंकले सबैभन्दा धेरै नाफा कमाउने र लगानीकर्तालाई उच्च प्रतिफल दिने बैंक पनि हो । नबिल बैंक ग्राहकसँग एउटा परिवारजस्तै गरी सँगै अघि बढ्नेमा विश्वास गर्ने बैंकका संस्थागत सञ्चार विभागका प्रमुख कृष्ण सुवेदीले जानकारी दिए ।

Publish on: