काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले सहुलियत मूल्यमा गत शुक्रबार देखि प्याज बिक्री गरेको छ । कम्पनीले बिक्री शुरू गरेसँगै उपभोक्ताको भिड लागेको छ ।
भारतले प्याज आयातमा प्रतिबन्ध लगाएसँगै नेपाली बजारका कालोबजारी शुरु भई प्याजको मूल्य निकै आकासिएको थियो । यस्तै विभिन्न सरकारी निकाय उद्योग, वाणिज्य अनुगमन विभाग, उपत्यकाका महानगरपालिकाको कृषि बजार अनुगमन टोलीले तीब्र रुपमा बजार अनुगमन गरेको थियो ।
बजार अनुगमनको क्रममा करिब १ सय ४६ क्वीन्टल प्याज जफत गरी कम्पनीमा ल्याएको कम्पनीका प्रवक्ता शर्मिला न्यौपाने सुवेदीले जानकारी दिइन् ।
उक्त प्याज कम्पनीले शुक्रबारदेखि प्रति केजी ६० रुपैयाँमा बिक्री शुरू गरेको बताइन् । बजारमा करिब प्रतिकेजी १४० भन्दा बढी मूल्यमा बिक्री भइरहेको हुनाले कम्पनीले प्रतिकेजी ६० रुपैयाँमा बिक्री गर्दा मानिसहरूको भीड बढी भएको जनाइन् । साथै, हाल कोरोनाको समयले गर्दा उक्त भीडलाई कन्ट्रोल गर्न समस्या भइरहेको उनले बताइन् ।
तर, कम्पनीले सकेसम्म जतिको सुरक्षाको मापदण्डसहित काम गरिरहेको उनले दाबी गरिन् । साथै, शुक्रबारदेखि आजसम्ममा करिब ४७ क्वीन्टल प्याज बिक्री गरिसकेको उनले बताइन् ।
SHARE YOUR THOUGHTS