सुनको मूल्य प्रतितोला ९ सयले बढ्यो « Eglish Khabarhub

सुनको मूल्य प्रतितोला ९ सयले बढ्यो



काठमाडौं । केही समयदेखि निरन्तर घटिरहेको सुनको मूल्य मंगलबार ९ सय रुपैयाँले बढेको छ । बजारमा सोमबार ९३ हजार ३ सय रूपैयाँमा कायम भएको छापावाला सुनको प्रतितोलाको मूल्य मंगलबार बढेर प्रतितोला ९४ हजार २ सय रूपैयाँ पुगेको हो ।

नेपाल सुनचाँदी व्यावसायी संघका अनुसार मंगलबार तेजावी सुनको मूल्य प्रतितोला ९३ हजार ७ सय रुपैयाँ कायम भएको छ भने चाँदी प्रतितोला १ हजार १७५ रुपैयाँ कायम भएको छ ।

Publish on: