काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री घनश्याम भुसालले हरेक प्रदेशमा कम्तीमा १ वटा कृषि गौरवका योजना बनाउने सोच रहेको बताएका छन् ।
उनले धनुषाको कमला नगरपालिका र जनक नन्दनी नगरपालिकामा गौवका योजनाका रुपमा योजना बनाउन सम्भाव्यता अध्ययन गरिने बताए ।
जमिनको स्वामित्व, बजेट व्यवस्था लगायतका कुरामा स्थानीय किसानमा रहेको द्विविधा समाधान गरिने दाबी गरे । धनुषाको भ्रमणमा रहेका उनले यस्तो दाबी गरेका हुन ।
संघ, प्रदेश र स्थानीय सरकारले जमिनको स्वामित्व किसानकै कायम रहने गरि सबै वडामा सहकारी मार्फत काम गरिनेछ ।
कृषि मन्त्रालयको मत्स्य विकास महाशाखाको टिमले फिल्ड निरिक्षण गरेरपछि मन्त्री भूसालले प्रदेश सरकार र स्थानीय तहको सहभागीतामा कमला नगरपालिका र जनक नन्दनी नगरपालिकामा पुगेर स्थलगत अध्ययन गरेका छन् ।
तीनै तहको सरकारको सहभागितामा प्रदेश नं २ को कृषिको राष्ट्रिय गौरव आयोजना धनुषण जिल्लाको कमला नगरपालिका र जनक नन्दनी नगरपालिकामा रहने भएको छ ।
२०६४ सालमा कमला नदिले धार परिवर्तन गरेर हजारौं बिगाहा जमिन कटान गरेको थियो । त्यसपछि नदि पुरानै धारमा फर्केको तर बिगारेको हजारौं बिगाहा जमिन अहिलेसम्म उपयोग हुन नसक्दा धेरै किसान मार्कामा परेका छन् । जमिनको प्रारम्भिक लागत निकाल्दा १४ हजार बिगाहा भन्दा बढी जमिन रहेको पाइएको छ ।
यस आयोजना अन्र्तगत सहकारी वा सामुहिक खेती मार्फत सबैको जमिन उपयोग गरिने छ । माछा पालन, तरकारी, फलफूल खेती वा अन्य प्रयोजनका लागि जमिनको प्रयोगका सम्बन्धमा पूर्व सम्भाव्यता अध्ययन गरिनेछ ।
नदि उकासको हजारौं बिगाहा जमिन बगरखेतीका रुपमा प्रयोग हुँदा त्यहाँका किसान लाभान्वित हुनेछन् ।
कमला नगरपालिका धनुषा ६ वटा वडा र जनक नन्दनी नगरपालिकाका २ वटा वडामा आयोजना सुरु गरिनेछ । प्रदेश भूमि व्यवस्था, सहकारी तथा कृषि मन्त्री शैलेन्द्र साहले प्रदेशको समृद्धि कृषिको विकास गरेर मात्र हुने बताए ।
SHARE YOUR THOUGHTS