काठमाडौं । बडा दशैंको १०औं दिन दशमीको दिन हिन्दु धर्मालम्बीहरुले मान्यजनबाट टिका तथा आशिर्वाद ग्रहण गरेका छन् ।
सोमबार बिहान १०:१९ मिनेटमा शुभ साइतमा दिका ग्रहण गरिएको हो । यद्यपि आज दिनभरी नै साइत भएकाले जुनसुकै समयमा पनि टिका लगाउन सकिने छ । तर राज्यमा प्रमुखहरुले भने शुभ साइतमा टिका लगाउनु पर्ने बताइएको छ ।
केही जिल्लामा आज एकदिन मात्रै टिका लगाउने चलन भए पनि केही जिल्लामा भने पूर्णिमासम्म नै टिका लगाउने चलन छ ।
कोरोनाका कारण घरभित्रै सीमित भएको दशैंमा यसपाली राष्ट्रपति र प्रधानमन्त्रीले समेत टिका नलगाइदिने भएका छन् ।
SHARE YOUR THOUGHTS