सुनको मूल्य प्रतितोला २ सय घट्यो « Eglish Khabarhub

सुनको मूल्य प्रतितोला २ सय घट्यो



काठमाडौं । बिहीबार सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले घटेकोे छ ।

बुधबार छापावाला सुनको मूल्य प्रतितोला ९४ हजार ९ सय रुपैयाँ कायम भएकोमा बिहीबार छापावाला सुनको मूल्य प्रतितोला ९४ हजार ७ सय रुपैयाँ कायम भएको हो ।

त्यसैगरी, तेजावी सुनको प्रति तोलाको मूल्य ९४ हजार २ सय रुपैयाँ रहेको छ । साथै, चाँदी प्रतितोला १२ सय २० रुपैयाँमा खरिद बिक्री भइरहेको छ ।

कोरोना भाइरस विरुद्धको खोपको तेस्रो चरणमा ९० प्रतिशत सफल परीक्षण भएसँगै सुनको भाउ घटेको थियो । मंगलबार नेपाली बजारमा एकैदिन सुनको मूल्य ३४ सय रुपैयाँले घटेको थियो ।

Publish on: