काठमाडौं । सेयर बजारमा सूचीकृत कम्पनीहरुले धमाधम लाभांश घोषणा गरिरहेको छन् । अहिलेसम्म ९४ वटा संस्थाले लाभांश घोषणा गरेका छन् ।
लाभांश घोषणा गरेका कम्पनीमध्ये मुख्य १० कम्पनीमा वाणिज्य बैंक एउटा मात्रै परेको छ । लाभांश घोषणा गरेका कम्पनीमध्ये एउटा वाणिज्य बैंक, एउटा जीवन बीमा कम्पनी, ५ वटा माइक्रोफाइनान्स कम्पनी, दुई वटा उत्पादन तथा प्रशोधन समूहको कम्पनी र एउटा जलविद्युत कम्पनी छ ।
दुई कम्पनीले १०० प्रतिशत लाभांश दिने भएका छन् । १०० प्रतिशत लाभांश दिने कम्पनीहरु यूनिलिभर नेपाल र हिमालयन डिस्ट्रिलरी कम्पनी छन् ।
यूनिलिभरले १०० प्रतिशत नगद लाभांश दिने भएको छ भने हिमालयन डिस्ट्रिलरीले ५० प्रतिशत बोनस र ५० प्रतिशत नगदसहित १०० प्रतिशत लाभांश दिने भएको छ ।
अहिलेसम्म लाभांश घोषणा भएका कम्पनीमा तेस्रो नम्बरमा नेपाल लाइफ इन्स्योरेन्स छ । इन्स्योरेन्सले ५१ प्रतिशत लाभांश लाभांश दिने प्रस्ताव गरेको छ । उक्त लाभांशमा ३१ प्रतिशत बोनस र २० प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।
लाभांश घोषणा गरेका कम्पनीमा चौथो नम्बरमा नबिल बैंक छ । बैंकले सेयरधनीहरुलाई ३५.२६ प्रतिशत लाभांश दिने भएको छ । उक्त लाभांशमध्ये ३३।५ प्रतिशत बोनस र त्यसमा लाग्ने कर प्रयोजनको लागि १.७६ प्रतिशत नगद लाभांश दिने भएको छ ।
यस्तै धेरै लाभांश दिने मुख्य १० कम्पनीमा ५ वटा माइक्रोफाइनान्स कम्पनी छन् । धेरै लाभांश दिने मुख्य १० कम्पनीमा वेमी माइक्रोफाइनान्सले ३० प्रतिशत बोनस दिएको छ ।
त्यस्तै छिमेक लघुवित्त विकास बैंकले ७ प्रतिशत नगद र २२ प्रतिशत बोनससहित २९ प्रतिशत, ग्लोबल आईएमई लघुवित्तले २७.४७ प्रतिशत बोनस र त्यसमा लाग्ने करसहित १.४५ प्रतिशत नगद लाभांश सहित २८.९२ प्रतिशत, समता माइक्रोफाइनान्सले २६.३२ प्रतिशत लाभांश दिने भएको छ ।
समताको २० प्रतिशत बोनस र त्यसमा लाग्ने करसहित ६.३२ प्रतिशत नगद र साना किसान विकास बैंकले दिन लागेको २६.३१ प्रतिशत लाभांशमा २५ प्रतिशत बोनस र १.३१ प्रतिशत नगद रहेको छ । धेरै लाभांश दिने मुख्य १० कम्पनी भित्र बुटवल पावर कम्पनी पनि रहेको छ । कम्पनीले २५ प्रतिशत लाभांश दिने भएको छ । त्यसको लागि १० प्रतिशत बोनस र १५ प्रतिशत नगद रहेको छ ।
हालसम्म नेपाल लाइफ इन्स्योरेन्सले अहिलेसम्म साधारणसभा घोषणा गरेको छैन । लाभांश घोषणा गरेका कम्पनीमा यूनिलिभर नेपालले यसअघि नै साधारणसभा गरिसकेको छ । बाँकी रहेका कम्पनीमा अधिकांशको साधारणसभा पुस २९ मा हुने घोषण गरिसकेका छन् ।
SHARE YOUR THOUGHTS