काठमाडौं । सेयर राइडिङ सेवा पठाओको सेवा दिने चालक वा राइडर र सेवा उपयोग गर्ने ग्राहक दुबैले ५ लाख रुपैयाँसम्मको दुर्घटना बीमाको सुविधा पाउने भएका छन् ।
कम्पनीका क्षेत्रीय निर्देशक असिममान सिंह बस्न्यातका अनुसार कम्पनीले एभरेष्ट इन्स्योरेन्स कम्पनीसँग कुनै पनि ग्राहक तथा राइडर वा चालकको दुर्घटनाका कारणले हुन सक्ने मृत्यु, अपांगता जस्तो अवस्थामा बढीमा ५ लाख रुपैयाँसम्मको बीमा गरिएको छ ।
कम्पनीका अनुसार दुर्घटना भइ उपचार गर्नु परेमा बढीमा चालक र ग्राहक दुबैको १ लाख रुपैयाँसम्मको बीमा गरिएको छ । यी दुबै बीमा भुक्तानी दावीका लागि दुर्घटना भएको ३० दिनभित्र बीमा कम्पनीको नियमअनुसार कागजातसहित निवेदन दिनुपर्नेछ ।
SHARE YOUR THOUGHTS