रुपाकोटमा यस्तो बन्दैछ १८औं शताब्दीको जीवनशैली अनुभव गर्न पाइने ‘ओल्ड भिलेज’ (भिडियोसहित) « Eglish Khabarhub

रुपाकोटमा यस्तो बन्दैछ १८औं शताब्दीको जीवनशैली अनुभव गर्न पाइने ‘ओल्ड भिलेज’ (भिडियोसहित)


१५ पुस २०७७, बुधबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

पोखरा । पर्यटकीय नगरी पोखरामा अर्को महत्वपूर्ण र ऐतिहासिक गन्तव्य थपिने भएको छ ।

पोखरालाई ‘रिसिभर सिटी’बाट ‘गिभर सिटी’ बनाउने उद्देश्यले युरोपको व्यापार-व्यवसाय छाडेर नेपाल फर्किएका पुष्प अधिकारीले १८औं शताब्दीको अनुभव गर्न पाइने पर्यटकीय गन्तव्य ‘ओल्ड भिलेज’ निर्माण थालेका हुन् ।

कास्कीको रुपाकोट डाँडामा ‘वर्ल्ड क्याल’को रुपाकोट रिसोर्ट सञ्चालन गरिसकेका अधिकारीले २ हजार वर्षअघिको जीवनशैलीको अनुभव गर्न पाइने ओल्ड भिलेजको निर्माण शुरु भइसकेको छ । त्यसका लागि नेपाल इन्भेष्टमेन्ट बैंकले गत सातामात्रै ऋण स्वीकृत गरिसकेको छ ।

‘ओल्ड भिलेज मेरो निकै अघिको भिजन हो । बैंकले ऋण दिने निश्चित भएपछि एक महनिाअघि नै निर्माण शुरु भइसकेको छ । गत साता मात्रै इन्भेष्टमेन्ट बैंकले २० करोड रुपैयाँ ऋण स्वीकृत गरिसकेको छ । बाँकी आवश्यक रकम हामी आफैं व्यवस्थापन गर्छौं,’ अधिकारीले क्लिकमाण्डूसँग भने ।

ओल्ड भिलेज ७३ रोपनी जग्गामा फैलिएको हुनेछ । जहाँ पर्यटकहरुले २ हजार वर्षअघिको नेपाली जीवनशैली कस्तो थियो भनेर प्रत्यक्ष अनुभव गर्न पाउने अधिकारी बताउँछन् ।

‘अहिलेका पर्यटकहरु आधुनिकता मात्रै मन पराउँदैनन्, हाम्रा मेटिइसकेका इतिहास र परम्परामा अझ बढी रमाउँछन्,’ अधिकारी भन्छन्, ‘त्यसैले नेपाली गाउँघरको पूरानो जीवनशैली कस्तो रहेछ भनेर जानकारी दिने उद्देश्यले ओल्ड भिलेज निर्माण थालिएको हो ।’

ओल्ड भिलेज नेपालकै आकर्षक पर्यटकीय गन्तब्य बन्ने उनको दाबी छ ।

मनै लोभ्याउने रुपाकोट रिसोर्टः भीआईपीको पहिलो रोजाइ, एक रात बस्न कति खर्च लाग्छ ?

ओल्ड भिलेजभित्रै सुविधासम्पन्न ५ तारे होटल बनाउने योजना भएपनि तत्कालका लागि स्थगित गरेर ४० रोपनी जग्गामा पूरानो गाउँ मात्रै बनाउन शुरु गरिएको उनी बताउँछन् ।

‘१८औं शदाब्दीमा मान्छेहरु कसरी बस्थे, के गर्थे, के खान्थे, कस्ता लुगा लगाउँथे, कस्तो बोल्थे ? ठ्याक्कै त्यस्तै गाउँ बनाइरहेका छौं,’ उनले थपे ।

ओल्ड भिलेजभित्र दर्जनौं घरहरु निर्माण गरिनेछ । र, ती प्रत्येक घरमा मान्छेहरु बस्नेछन् । ती घरमा पूरानो जीवनशैली अपनाएर बस्ने मान्छेलाई कम्पनीले तलब दिनेछ । र, त्यसरी बसेका मान्छेहरुलाई कम्पनीले फरक फरक पेशा गर्न लगाउँछ ।

‘कास्की र यो देशलाई नै सम्मृद्धितर्फ लैजाने प्रष्ट योजना र कार्यक्रमहरु छन् मसँग, आगामी दिनमा रुपान्तरणकारी परियोजनाहरु पक्कै बनाउँछु,’ अधिकारी भन्छन् ।

त्यहाँ बस्ने मान्छेले काठका भाँडा, माटाका भाँडा बनाउनुपर्छ । राडीपाखी, गलैंचा बुन्नुपर्छ । गाइवस्तु पाल्नुपर्छ । र, तीनैको छाला काढेर छालाका विभिन्न सामानहरु बनाउनुपर्छ । आरनको प्रयोग गरेर फलामका सामान बनाउनुपर्छ । त्यो गाउँभित्र सिमेन्ट र बिजुलीको प्रयोग हुँदैन । कोलमा तेल पेल्नुपर्छ । ढिकीजाँतो गर्नुपर्छ । डोको, मान्द्रो, नाङ्लो बुन्नुपर्छ । मादल र सारंगी बनाउनुपर्छ । १८औं शताब्दीकैजस्तो लुगाफाटो लगाउनु पर्छ ।

पर्यटकहरुले यी सबै गतिविधिको प्रत्यक्ष अवलोकन गर्न पाउँछन् । साथै अघिल्तिर लमतन्न सुतेर मुस्कुराइरहेका माछापुच्छ्रे, अन्नपूर्ण हिमाललगायत ठूलो हिमालयन रेञ्जका साथै पोखरा शहर, रुपा र बेगनास तालको एकैसाथ अवलोकन गर्न सकिने छ । त्यस्तै हरियाली पहाड, फाँट, मनमोहक गाउँहरु, सुर्योदय र सुर्यास्तको अवलोकन पनि गर्न सकिने छ, त्यो पनि चराहरुको चिर्विर र झ्याउँकिरीको सुमधुर आवाजसँगै ।

‘ओल्ड भिलेजभित्र प्रवेश गर्न पर्यटकले शूल्क तिर्नुपर्छ, यो गाउँ दिउँसो मात्रै खुल्छ, व्यावसायिक प्रयोजनका लागि अर्थात् दिउँसो बिद्युतको प्रयोग हुँदैन, त्यहाँका बासिन्दाहरुले रातिको समयमा मात्रै विद्युत् प्रयोग गर्न पाउँछन्,’ अधिकारीले भने, ‘त्यहाँभित्र कुनै मेसिनको प्रयोग हुँदैन, सबैकुरा पूरानै शैलीमा हातले बनाउने हो ।’

गाउँभित्र बस्ने मानिसहरुले हातले उत्पादन गरेका बस्तुहरु बिक्री गर्नका लागि पसल हुन्छ । अवलोकन गर्न आउनेहरुलाई लक्षित गरेर गाउँभित्रै उत्पादन भएका अर्ग्यानिक खानेकुरा मात्रै पाइने रेस्टुराँ हुन्छ ।

‘ओल्ड भिलेजमा जाने प्रत्येक पर्यटकले हजारौं वर्षअघिको नेपाली गाउँ र जीवनशैलीको प्रत्यक्ष अनुभव गर्न पाउने छन्,’ अधिकारीले भने, ‘यो ठाउँ विश्वका पर्यटकहरुका लागि केश स्टडी गर्ने उत्कृष्ट थलो पनि हुन्छ भन्ने मेरो विश्वास छ ।’

एकदेखि डेढ वर्षभित्र ओल्ड भिलेज बनिसक्ने अधिकारी बताउँछन् ।


पूरातन शैलीमा निर्माण गरिएको अत्याधुनिक सुविधासम्पन्न रुपाकोट रिसोर्टभन्दा एक किलोमिटको दूरीमा ओल्ड भिलेज रहने छ ।

‘हजार मिटरको फरकमा तपाईंले हजार वर्षको फरक अनुभव गर्न पाउनुहुने छ,’ उनले भने, ‘बाहिर परम्परागत शैलीमा निर्माण गरिएको रुपाकोट रिसोर्टमा तपाईंले आजको विश्वमा पाइने सम्पूर्ण ‘लक्जरी र ल्याभिस’ सुविधा पाउनुहुन्छ भने हजार मिटर परको ओल्ड भिलेजमा हजारौं वर्ष पूरानो अनुभूति गर्न पाउनुहुनेछ ।’

दुई दशक बेल्जियममा रेस्टुराँ व्यवसाय गरिरहेका अधिकारी रुपाकोटको सुन्दरतालाई परम्परा र आधुनिकता मिसाएर पर्यकट आकर्षित गर्न सकिन्छ भन्ने हिम्मतले देश फर्किएका हुन् ।

‘म ७० देश घुमिसकेको छु, एकैठाउँबाट यतिधेरै र सुन्दर दृश्यावलोकन गर्न सकिने ठाउँ अहिलेसम्म देखेको छैन,’ उनले भने, ‘त्यसैले दृश्यहरुको ब्राण्डिङ गरेर पर्यटक आकर्षित गर्न सकिन्छ । र, स्वदेशमै केही गरेर देखाउनुपर्छ भनेर दशक अघि मातृभूमि फर्किएको हूँ ।’

रुपाकोट रिसोर्ट: जङ्गललाई मङ्गल र खरबारीलाई घरबारी बनाउने त्यो सोच

सन् २०१२ मा निर्माण थालिएको यो रिसोर्टको २ सय रोपनी कम्पाउन्ड छ । रिसोर्टका डेढ दर्जन भवन छन् । जहाँ ८४ जना ग्राहक बस्न सक्ने ४२ वटा वातानुकुलित र लक्जरी रूमहरु छन् । पर्याप्त पार्किङ, स्वीमिङ पुल, गार्डेन र हेलिप्याड पनि छन् । स्वीमिङ पुलमा पौडी खेलिरहँदा सामून्ने हिमालहरु देख्न सकिन्छ ।

बेल्जियममा रहँदा आफूले २१औं शताब्दीका धनाढ्यहरु प्रकृतिसँग साक्षात्कार गर्न रुचाउने थाहा पाएको बताउँदै उनले सहरभन्दा टाढा रिसोर्ट खोल्नुको कारण प्रष्ट्याए ।

‘पैसावाल र प्राकृतिक सुन्दरताका पारखीहरुलाई लक्षित गरेर रिसोर्ट निर्माण गरिएको हो’ अधिकारीले भने ।

अधिकारीको जन्म रुपाकोटमै भएको हो । उनले निमाविसम्म त्यहीँ अध्ययन गरेका थिए । पछि उनीका बुबाआमा परिवारसहित चितवनमा बसाइँ सरे ।

‘बाल्यकालमा म यही ठाउँबाट रकेट बनाएर रुपा र बेगनासतातिर उडाउँथे,’ उनले स्मरण गरे,’ आज यही ठाउँमा व्यवसायी भएर आएको छु, अब रुपाकोटलाई संसारमा चिनाउने रहर छ ।’

अहिलेसम्म पोखरा टुरिस्ट रिसिभर सिटी मात्रै भएको बताउँदै आफू पोखरा र आसपासका क्षेत्रलाई गिभर सिटी बनाउने अभियानमा लागेको उनले बताए ।

‘कास्की र यो देशलाई नै सम्मृद्धितर्फ लैजाने प्रष्ट योजना र कार्यक्रमहरु छन् मसँग,’ उनले भने, ‘आगामी दिनमा रुपान्तरणकारी परियोजनाहरु पक्कै बनाउँछु ।’

त्यसका लागि उनले रुपा र बेगनास लेक सिटीको अवधारणा मात्रै तयार पारेका छैनन् । केही लगानीकर्ताहरुसँग कुराकानीसमेत गरिरहेका छन् ।

निर्माणाधीन ‘ओल्ड भिलेज’मा अधिकारी

प्रकाशित मिति : १५ पुस २०७७, बुधबार ००:००  ५ : १८ बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping