‘आलीदेखी थालीसम्म, गोठदेखी ओठसम्म’ पुग्नेगरी अभियानमुखी काम गराैं: मन्त्री अर्याल « Eglish Khabarhub

‘आलीदेखी थालीसम्म, गोठदेखी ओठसम्म’ पुग्नेगरी अभियानमुखी काम गराैं: मन्त्री अर्याल


१५ पुस २०७७, बुधबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

काठमाडौं । कृषि तथा पशुपंक्षी विकास मन्त्री पद्माकुमारी अर्यालले
‘आलीदेखी थालीसम्म, गोठदेखी ओठसम्म’ पुग्नेगरी अभियानमुखी कार्यक्रम अगाडि बढाउनुपर्ने बताएकी छिन् ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन निरिक्षण गर्ने क्रममा उनले यस्तो बताएकी हुन् ।

बुधबार बिहान विभागमा पुगेकी मन्त्री अर्याललाई विभागका महानिर्देशक उपेन्द्र रायले विभागको ‘ब्रिफिङ गरेका छन् ।

कृषि तथा पशुपंक्षी विकास मन्त्रालयमा मन्त्री अर्याल नियुक्त भएपछी मन्त्रालय अन्तर्गतका मातहत निकायहरुको ब्रिफिङ लिन शुरु गरिएको छ ।

मन्त्री अर्यालले मानव स्वास्थ्यसँग प्रत्यक्ष जोडिएका विषयहरुको अनुगमन गर्ने निकाय भएकाले विभागसँग स्वस्थ जीवनलाई प्रभाव पार्ने कार्यको जिम्मेवारी रहेको बताइन् ।

खाद्यवस्तुको गुणस्तर परिक्षण र नियमनको कार्यलाई अभियानकै रुपमा अगाडि बढाउनुपर्ने मन्त्री अर्यालको भनाई छ । ‘अहिलेको अनुगमन, निरिक्षण, ल्याब टेष्टको कामले मात्र हुदैन । अब घुम्ती टोलीमार्फत नियमित रुपमा अनुमन कार्यलाई अभियानकै रुपमा अगाडि बढाउनुपर्छ’, मन्त्री अर्यालले भनिन्, ‘तपाईहरु योजनासहित अगाडि बढ्नुस् । यसलाई अभियानकै रुपमा हामीले अगाडी बढाउनुपर्छ ।’

मन्त्री अर्यालले क्षमता विकास तथा सेवा केन्द्रहरु थप्नुपर्ने आवश्यकता भएमा त्योसहितका योजना बनाउन समेत कर्मचारीहरुलाई निर्देशन दिइन् ।

नीति, नियम, ऐनहरु निर्माण गर्नुपर्ने क्षेत्रमा केही अपडेट गर्नुपर्ने भएमा त्यसमा समेत छलफल अगाडी बढाउन उनले आग्रह गरिन् ।
प्रबद्र्धनात्मक कार्यमा आवश्यक पर्ने कार्यमा ध्यान दिन समेत मन्त्री अर्यालले आग्रह गरिन् ।

उनले आजसम्म भएका कार्यहरुको प्रसंसा गर्दै यसलाई अझ बढाउन आवश्यक रहेको प्रष्ट्याइन् । ‘उपलब्ध स्रोतसाधनले जति कार्य गर्नुभएको छ त्यो राम्रो गर्नुभएको छ । तर, अब यतिले मात्र हाम्रो आवश्यकता पुरा हुँदैन, यसलाई बढाउनुपर्छ’, कर्मचारीलाई निर्देशन दिँदै मन्त्री अर्यालले भनिन्, ‘आजभन्दा भोली कसरी अझ राम्रो गर्ने भन्ने ढंगले तपाईहरु अगाडि बढ्नुस ।’

अभिभावकत्व ग्रहण गर्ने सन्दर्भमा मन्त्री र सचिवहरुको साथ सधैं रहने भन्दै उनले राम्रो काम गर्नका निम्ती कसैसँग नडराइकन काम गर्न समेत निर्देशन दिइन् । उनले नराम्रो काम गर्नका लागि मात्र डराउनुपर्ने समेत बताइन् । उनले भनिन् ‘राम्रो काम गर्न डराउनुपर्दैन । डराउने भनेको नराम्रो काम गर्नका निम्ती हो । थप उर्जा, जोशजाँगरका साथ यो गतिलाई अगाडी बढाउनुस् ।’

प्रकाशित मिति : १५ पुस २०७७, बुधबार ००:००  ३ : १० बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping