कोरोना कहरमै पौने ८ खर्ब रेमिट्यान्स नेपाल भित्रियो, कुन देशबाट कति ? « Eglish Khabarhub

कोरोना कहरमै पौने ८ खर्ब रेमिट्यान्स नेपाल भित्रियो, कुन देशबाट कति ?


६ माघ २०७७, मंगलबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

काठमाडौं । नेपाल कोरोना संक्रमण शुरु भएपछि अर्थात् फागुन मसान्तयता कात्तिक मसान्तसम्म पौने ७ खर्ब रुपैयाँ बढी रेमिट्यान्स भित्रिएको छ ।

विश्वव्यापीरुपमा फैलिएको कोरोना भाइरसको कारण गत फागुनदेखि विभिन्न देशमा वैदेशिक रोजगारीमा रहेका नेपाली ठुलो संख्यामा स्वदेश र्फिता भएका थिए ।

यस अवधिमा ७ खर्ब ८० करोड ७८ लाख रुपैयाँ रेमिट्यान्स् नेपाल भित्रिएको नेपाल राष्ट्र बैंकबाट प्राप्त तथ्यांकले देखाएको छ ।

यो अवधिमा भित्रिएको रेमिट्यान्सले कुल ग्राहस्र्थ उत्पादन (जीडीपी) को १९ प्रतिशत हिस्सा ओगटेको छ । यस बाहेक पनि विभिन्न माध्यमबाट हुण्डीमार्फत् रेमिट्यान्स नेपाल भित्रिएको अन्य विभिन्न तथ्यांकले देखाउँछ ।

अमेरीकाबाट सबैभन्दा बढी रेमिट्यान्स भित्रियो

हाल नेपालमा अमेरीका, कतार भारत, मलेसिया, साउदी अरब, युएई, जापान, अष्टे«लिया, दक्षिण कोरिया, कुवेत, बेलायत, बहराईनलगायत अन्य देशहरुबाट औपचारिक माध्यमबाट रेमिट्यान्स भित्रिएको छ ।

जसमध्ये सबैभन्दा बढी अमेरीकाबाट रेमिट्यान्स प्राप्त भएको तथ्यांकले देखाउँछ । ०७६ फागुनदेखि ०७७ कात्तिकसम्म भित्रिएको कुल रेमिट्यान्समा अमेरिकाको हिस्सा २१ प्रतिशत अर्थात् १ खर्ब ४६ अर्ब २ करोड रुपैयाँ छ ।

कतिपय रेमिट्यान्स कम्पनीको खाता अमेरिकामा भएकाले र खाडीबाट नेपाल पठाए पनि अमेरिकाबाटै सेटलमेन्ट हुने गरेकाले त्यहाँबाट आउने रेमिट्यान्स उच्च देखिएको हुनसक्ने रेमिट्यान्स एशोसिएशनका अध्यक्षसमेत रहेका आइएमइ मनि ट्रान्सफरका सीइओ सुमन पोखरेल बताउँछन् ।

वेष्टर्न युनियन मनि ट्रान्सफर र मनिग्रामले अमेरिकी बैंकहरूसँग सहकार्य गरेका छन् । तसर्थ अन्य देशबाट पठाएको रेमिट्यान्स पनि अमेरिकाबाट आएको देखिएको हो ।

वेस्टर्न युनियन र मनिग्रामले नेपाल भित्रिने कूल रेमिट्यान्सको २५ प्रतिशतको हाराहारी हिस्सा ओगट्छन् ।

सामान्य अवस्थामा अमेरिका, युरोपलगायतबाट बढी हुण्डीमार्फत् रेमिट्यान्स आउने गरेको र कोरोनाक कारण हुण्डी बन्द भएपछि त्यहाँबाट आउने रेमिट्यान्स बढी देखिएको हुनसक्ने सिटी एक्सप्रेस मनि ट्रान्सफरका प्रवन्ध निर्देशक चन्द्र टण्डन बताउँछन् ।

कुन देशबाट कति ?

यसैगरी सो अवधिमा नेपाल भित्रिएको कुल रेमिट्यान्समध्ये कतारको ११ प्रतिशत अर्थात् ७५ अर्ब ६३ करोड १७ लाख रुपैयाँ, भारतको ११ प्रतिशत अर्थात् ७८ अर्ब २० करोड ७० लाख रुपैयाँ, मलेसियाको १० प्रतिशत अर्थात् ६६ अर्ब ७३ करोड २८ लाख रुपैयाँ र साउदी अरबको १० प्रतिशत ७३ अर्ब ३२ करोड ८६ लाख रुपैयाँ नेपाल भित्रिएको छ ।

त्यसैगरी, ०७६ फागुन मसान्तदेखि गत कात्तिक मसान्तसम्म नेपाल भित्रिएको कुल रेमिट्यान्समा युएईबाट १० प्रतिशत अर्थात् ७३ अर्ब १३ करोड ७५ लाख रुपैयाँ र जापानबाट ८ प्रतिशत अर्थात् ५५ अर्ब ६ करोड ९२ लाख रुपैयाँ छ ।

साथै, अस्ट्रेलियाको ४ प्रतिशत अर्थात् २५ अर्ब ६ करोड ४८ लाख रुपैयाँ, दक्षिण कोरिया ५ प्रतिशत अर्थात् ३३ अर्ब ४१ करोड ३४ लाख रुपैयाँ, कुवेतको २ प्रतिशत अर्थात् १५ अर्ब ७९ करोड ५० लाख रुपैयाँ, बेलायतको २ प्रतिशत अर्थात् १४ अर्ब ३८ करोड ५६ लाख रुपैयाँ आएको छ ।

त्यसैगरी, बहराईनको १ प्रतिशत अर्थात् १० अर्ब ४२ करोड ६३ लाख रुपैयाँ र अन्य मुलुकको ५ प्रतिशत अर्थात् ३३ अर्ब ५९ करोड ५० लाख रुपैयाँ गत फागुनदेखि कात्तिक मसान्तसम्म रेमिट्यान्स भित्रिएको छ ।

कुन महिनामा कतिले घट्यो/बढ्यो ?

प्राप्त तथ्यांकअनुसार उल्लेखित मुलुकहरुबाट ०७६ फागुन महिनामा कुल ७९ अर्ब २५ करोड २८ लाख रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको थियो । त्यसैगरी, ०७६ चैत महिनामा ४४ अर्ब ७३ करोड रुपैयाँले घटेर ३४ अर्ब ५१ करोड ६८ लाख रुपैयाँमात्र भित्रिएको छ ।

त्यस्तै, ०७६ चैत महिनामा भित्रिएको रेमिट्यान्सभन्दा ५३ अर्ब ९७ करोड १८ लाख रुपैयाँ ०७७ बैसाख महिनामा १९ अर्ब ४५ करोड ५० लाख रुपैयाँ भित्रिएको छ ।

तर बैसाखमा भित्रिएको रेमिट्यान्सभन्दा जेठ महिनामा ४० अर्ब ५८ लाख रुपेयाँ बढी अर्थात् ९३ अर्ब ९७ करोड ७६ लाख रुपैयाँ भित्रिएको छ । अघिल्लो महिनाको भन्दा असार महिनामा ७ अर्ब ३९ करोड ८ लाख रुपैयाँ रेमिट्यान्स बढेर १ खर्ब १ अर्ब ३६ करोड ८४ लाख रुपैयाँ पुगेको छ ।

साउन महिना लागेपछि रेमिट्यान्स आप्रवाह घट्न थालेको तथ्यांकले देखाउँछ । असार महिनामा प्राप्त रेमिट्यान्सभन्दा साउनमा ८ अर्ब ६४ करोड ४० लाख रुपैयाँले घटेको छ । सो महिनामा ९२ अर्ब ७२ करोड ४३ लाख रुपैयाँ मात्र रेमिट्यान्स नेपाल भित्रिएको हो ।

यस्तै, साउन महिनामा प्राप्त रेमिट्यान्सभन्दा भदौ महिनामा १९ अर्ब ६९ करोड ८२ लाख रुपैयाँले घटेर ७३ अर्ब २ करोड ६१ लाख रुपैयाँमा सीमित भएको छ ।

तर असोज महिनामा भने अघिल्लो महिनाको भन्दा २० अर्ब ११ करोड ४३ लाख रुपैयाँले बढेको छ असोज महिनामा ९३ अर्ब १४ करोड ५ लाख रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको छ ।

प्राप्त तथ्यांकअनुसार असोज महिनाको तुलनामा कात्तिक महिनामा नेपाल भित्रिने रेमिट्यान्स १४ अर्ब ३१ करोड ११ लाख रुपैयाँले घटेको देखिन्छ । कात्तिक महिनामा ७८ अर्ब ८२ करोड ९३ लाख रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको छ ।

प्रकाशित मिति : ६ माघ २०७७, मंगलबार ००:००  १० : ४० बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping