काठमाडौं । चालु आर्थिक वर्षको बजेटमा सडक विभागले कणाली प्रदेशकका सडकलाई प्रमुख प्राथमिकता दिने भएको छ ।
विभागका महानिर्देशक अर्जुनजंग थापाले कर्णालीका सडक निर्माण प्रक्रियालाई प्राथमिकताका साथ अघिबढाउन अर्थमन्त्रालयसँग बजेट माग गर्ने तयारी शुरु गरिएको बताए ।
विभागले सूर्खेत-खुलालू १३५ किलोमिटर, खुलालु-सलिसल्ला १२३ किलोमिटर, नाग्मा-गमगढी ९२ किलोमिटर सडक निर्माण गर्न बजेट माग गरिने थापाले बताए । यो सडकलाई २ लेनमा विस्तार गर्ने विभागको योजना छ ।
आगामी आर्थिक वर्ष २०७८/७९ का लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतको सडक विभागले १ खर्ब १९ अर्ब रुपैयाँको बजेट सिलिङ पाएको छ । यो सिलिङ रकम चालु आवको बजेटभन्दा ११ अर्ब रुपैयाँ बढी हो । चालु आवमा विभागले १ खर्ब ४ अर्ब रुपैयाँको सिलिङ थियो । बजेट भने १ खर्ब ८ अर्ब रुपैयाँ विनियोजन भएको थियो ।
आयोजना आयोगले चैतको पहिलो हप्ता विभागलाई बजेट सिलिङ पठाएको थियो । सो सिलिङको आधारमा विभागमार्फत् सञ्चालन भइरहेका र हुने आयोजनाका लागि बजेट माग गर्नेछ ।
कोरोना भाइरसको प्रकोपका कारण चालु आवमा संघीय बजेटको आकार घटेको छ । अहिले पनि कोरोनाको प्रभाव कम नभएकाले बजेटको आकार ठूलो मात्रमा नबढ्ने देखिएको छ । यो वर्ष पनि नयाँ आयोजनाका लागि धेरै बजेट विनियोजन हुने सम्भावना छैन ।
नयाँ आयोजनका रुपमा कणाली प्रदेशका सडक र आवश्यकताका आधारमा अन्य नयाँ पूर्वाधारका आयोजनाका लागि बजेट माग गरिने उनले बताए । दायित्व बढ्ने र भुक्तानीमा समस्या हुने देखिएकाले बजेटमा धेरै नयाँ आयोजना माग नगर्ने नीति विभागले अबलम्वन गर्नेछ ।
लकडाउनका कारण धेरै आयोजनाका काम अघिबढ्न सकेका छैन । नयाँ अयोजना थप्दा दायित्व मात्र बढ्छ । विभागको क्षमताभन्दा आयोजना धेरै छन् । आर्थिकरुपमा धान्नै नसक्ने गरी आयोजना थुपार्नुभन्दा पुरानालाई अघिबढाउने योजना विभाग छ ।
विभागले पनि नयाँ आयोजनामा बजेट माग गर्नुभन्दा पनि पुरानै आयोजनामा प्रयाप्त बजेट माग गर्ने तयारी गरेको छ । नयाँ आयोजना माग नगर्ने भनेको नयाँ ठेक्का ननिकालिने हैन ।
योजनामा परेका तर स्रोतको अभावले अघि बढ्न नसकेका आयोजना अघि बढाउन विभागले यस्तो नीति लिएको हो । योजना थप गर्दा बजेटको बाँडफाँट प्रभावकारी हुन सक्दैन । अधुरा आयोजना सम्पन्न गर्न पनि बजेटको अभाव छ । ती आयोजना सम्पन्न गर्न सक्ने गरी बजेट माग गरिन्छ ।
चालु अवस्थामा रहेका धेरै ठूलो आयोजना दातृ निकाय र आयोजना आयोग मार्फत सञ्चालनमा रहेका छन् । सुरुङमार्ग, पूर्व-पश्चिम राजमार्ग, मुग्लिन-पोखरा सडक खण्ड, नारायणगढ–नागढुंगा सडक खण्ड दातृ निकायको सहयोगमा निर्माण भइरहेको र निर्माण प्रक्रियामा रहेका छन् ।
यस्तै हुलाकी राजमार्ग, मध्यपहाडी राजमार्ग, मदनभण्डारी राजमार्ग योजना आयोग मार्फत सञ्चालन भइरहेका छन् ।
SHARE YOUR THOUGHTS