प्रभु बैंकको खुद नाफामा ४४ प्रतिशतको वृद्धि, अन्य सूचक कस्ता ? « Eglish Khabarhub

प्रभु बैंकको खुद नाफामा ४४ प्रतिशतको वृद्धि, अन्य सूचक कस्ता ?



काठमाडौं । प्रभु बैंकले ९ महिनामा ४४.०८ प्रतिशतले खुद नाफा वृद्धि गरेको छ ।

बैंकले गत आर्थिक वर्षको चैत मसान्तमा १ अर्ब ४६ करोड ४१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । जसमा ६४ करोड ५४ लाख रुपैयाँ थप गरी २ अर्ब १० करोड ९६ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न बैंक सफल भएको हो ।

बैंकले चालु आर्थिक वर्षको त्रेस्रो त्रैमासको वित्तीय विवरण प्रकाशित गर्दै सो अवधिमा १ अर्ब ५९ करोड ३९ लाख रुपैयाँ वितरणयोग्य मुनाफा आर्जन गरेको उल्लेख गरेको छ ।

यसैगरी बैंकले गत आवको चैत मसान्तको तुलनामा चालु आवको सोही अवधिमा निक्षेपतर्फ २७.२२ प्रतिशतले र कर्जा प्रवाहतर्फ ३५.१२ प्रतिशतले वृद्धि गरेको छ ।

बैंकले चालु आवको चैत मसान्तसम्म १ खर्ब ६३ अर्ब ७८ करोड रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ३४ अर्ब ३० करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

जसबाट बैंकले ३ अर्ब ८३ करोड ५३ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । जुन गत आवको सोही अवधिको तुलनामा ६.६० प्रतिशतले बढी हो ।

यसैगरी सो अवधिमा बैंकको खराब कर्जा १.४७ प्रतिशतले घटेर १.४८ प्रतिशतमा कायम भएको छ ।

चालु आवको चैत मसान्तसम्म बैकको बेसरेट ७.०६ प्रतिशत स्प्रेडरेट ३.५० प्रतिशत, प्रतिसेयर आम्दानी २४ रुपैयाँ ७९ पैसा, प्रतिसेयर मूल्य ४६५ रुपैयाँ र पुँजी कोष अनुपात ११.५३ प्रतिशत रहेको छ ।

Publish on: